भारतीय चर्चित युट्युबर ध्रुव राठी प्रहरी नियन्त्रणमा
काठमाडौं : भारतका चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले हरियाणाको गुरुग्रामबाट नियन्त्रणमा लिएको छ। कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच शनिबार बिहान उनलाई हिरासतमा लिइएको हो।
बीबीसीका अनुसार गुरुग्रामको सेक्टर-५६ बाट राठीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि शुक्रबार अबेर राति ध्रुव राठीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोमा उनी इण्डिया गेटअगाडि घुमिरहेको देखिएका थिए।
भिडियोमा ध्रुव राठीले भनेका छन्, 'म दिल्ली आएको छु। मैले देखेँ कि प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गर्नुभएको छ, धेरै ट्रेन र बसहरू रद्द गरिएका छन्। प्रदर्शनका कारण दिल्लीलाई लकडाउनमा हालिँदैछ।'
उनले अगाडि भनेका छन्, 'मलाई यो बुझ्न गाह्रो भइरहेको छ कि मोदीजीले के गर्दै हुनुहुन्छ। एकातर्फ तपाईँको आईटी सेल भनिरहेको छ कि हाम्रो प्रदर्शनमा कुनै भिड आउँदैन। यदि भिड नै आउँदैन भने यो सब किन गरिँदैछ ? मलाई त लाग्छ तपाईँ डराउनुभएको छ। वास्तवमा, सम्पूर्ण जनता जागिसकेका छन्।'
यसैबीच, प्रदर्शनमा सहभागी हुन जम्मा भइरहेका धेरै प्रदर्शनकारीहरूलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको
प्रतिक्रिया दिनुहोस !