एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु
तस्बिर : ओली सचिवालय

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबारबाट जारी स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आज पनि बसेको हो । 

शुक्रबार बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीमा रिक्त रहेका स्थानहरू, पोलिटब्युरो सदस्यहरूको मनोनयन तथा स्थायी समितिमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो। रिक्त पदमा मनोनयन गर्न विभिन्न नाममा छलफल भएपनि सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको छ।

बैठकमा पार्टीको सांगठनिक संरचना, जिम्मेवारी बाँडफाँट तथा केन्द्रीय कमिटीबाट टुंग्याउन बाँकी विषयमा छलफल हुने जनाइएको छ। दशैं-तिहार र छठ पर्व लगत्तै एमालेले गाउँ केन्द्रित अभियान सञ्चालन गर्ने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.