आईसीसी विश्वकप लिग–२ : ओमानमाथि नेपालको फराकिलो जित

आईसीसी विश्वकप लिग–२ : ओमानमाथि नेपालको फराकिलो जित

काठमाडौं : आइसीसी विश्वकप लिग–२अन्तर्गत नेपालको अन्तिम श्रृंखलाको दोस्रो खेलमा नेपालले ओमानलाई ११३ रनको पराजित गर्दै फराकिलो जित निकालेको छ। 

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो।  नेपालले दिएको २६४ रनको विजय लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रन बनाउँदै अलआउट भएको हो। ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। उनले ८३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। एउटा इन्डबाट विकेट गइरहँदा कप्तानले पारी सम्हाल्ने कोसिस गरे। सातौं विकेटका लागि उनी जय ओडेरासँग ८३ रनको साझेदारी बनाएका थिए। यी दुईको साझेदारी दिपेन्द्र सिंह ऐरीले तोडे। 

ओपनर जतिन्दर सिंहले १८ रन बनाउँदा त्यसपछिका ४ ब्याटर सस्तैमा पेभेलियन फर्किए। जय ओडेराले २५ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।  नेपालका लागि बलिङतर्फ, नन्दन यादव र सन्दीप लामीछानेले ३–३ विकेट लिए। दिपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए। 

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ६१ रनको पारी खेले। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनले चौथो विकेटको लागि वसिर अहमदसँग ८६ रनको साझेदारी बनाउँदै नेपालको मध्यक्रम सम्हालेका थिए। २७ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको नेपालका लागि यी दुई ब्याटरले इनिङ्स सम्हालेका थिए। 

ओपनर अर्जुन कुमालले ४० रन बनाए। अर्का ओपनर आसिफ शेख भने ४ रन बनाएर क्याच भए। इशान पाण्डेले ३७ रन बनाए। इशान र अर्जुनले दोस्रो विकेटको लागि ६४ रनको साझेदारी बनाएका थिए। वसिर अहमदले ३७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए। सन्दीप जोरा १० रनमा क्याच भए। 

४९ औं ओभरमा करण केसीले आक्रमक पारी खेले। हसैन शाहलाई उनले लगातार ३ छक्का प्रहार गरे। ४८ ओभरमा सकिँदा ७ विकेटको क्षतीमा २२७ रन बनाएको नेपालले ४९ ओभरमा २५ रन जोड्यो। नेपालका लागि करण केसीले १६ बलमा ४० रन आक्रमक पारी खेले । नन्दन यादव ७ रनमा अविजित रहेका थिए। 

ओमानको लागि बलिङतर्फ शाह फैजल, सकिल अहमद र करण सोनाभले २–२ विकेट लिए। हैसन शाहले १ विकेट लिए। 
नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो। ओमानलाई पराजित गरेसँगै नेपालले तालिकामा २ अंक थपेको छ। नेपालले ३४ खेलबाट २८ अंक जोडेको छ। हाल नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.