फराकिलो मतान्तरसहित कांग्रेस केन्द्रीय सदस्य बने तीर्थ लामा

फराकिलो मतान्तरसहित कांग्रेस केन्द्रीय सदस्य बने तीर्थ लामा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति (खुला) क्लस्टरतर्फको केन्द्रीय सदस्य पदमा बागमती प्रदेशसभा सदस्य तीर्थ लामा फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला सभापतिसमेत रहेका लामा संविधानसभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री पनि हुन। उनले उक्त पदमा ४ हजार ८ सय ५३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारे । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार आदिवासी जनजाति खुला क्लस्टरतर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । 

जिल्ला तहदेखि प्रदेश र राष्ट्रिय राजनीतिसम्म सक्रिय रहँदै आएका लामाको विजयलाई कांग्रेसको संगठनात्मक राजनीतिमा उनले हासिल गरेको समर्थनका रूपमा हेरिएको छ । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि लामाले काङ्ग्रेसलाई थप सुदृढ र सशक्त बनाउन आफूले भुमिका खेल्ने बताए । 

उनले भने, 'अब पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण र समावेशी प्रतिनिधित्वका सवालमा केन्द्रीय तहमा भूमिका निर्वाह गर्छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.