कांग्रेसमा हालसम्म को-को पदाधिकारी भए निर्वाचित ?

कांग्रेसमा हालसम्म को-को पदाधिकारी भए निर्वाचित ?

काठमाडौं : नेपाली कांग्रेसका १५ औं महाधिवेशनमा भएको निर्वाचनको मतगणना जारी रहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसको सभापतिमा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगन थापा निर्वाचित भएका हुन्।

यसैगरी वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल, समावेश उपसभापतिमा बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। शर्मा र भुसाल निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी महामन्त्री प्रदीप पौडेल र उदय शमशेर राणा, डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरी खतिवडा, अजयबाबु शिवाकोटी, डा. मो. फिर्दोश आलम, प्रकाश रसाइली, बहादुर सिंह लामा (तामाङ), जीवनबहादुर शाही विजयी भएका छन्।

अन्य पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.