पोखरामा प्रतिकूल मौसममा पनि सहजै उडान-अवतरणका लागि नयाँ प्रणाली अपनाइँदै

पोखरामा प्रतिकूल मौसममा पनि सहजै उडान-अवतरणका लागि नयाँ प्रणाली अपनाइँदै
सुन्नुहोस्

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकुल मौसम तथा कम दृश्यताका कारण हवाइ उडानमा हुने समस्या समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ प्रकृया कार्यान्वयनमा ल्याउने भएको छ। उडान सुरक्षा र प्रभावकारिता अभिवृद्धि गर्न प्राधिकरणले आरएनपी–एआर अर्थात् रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथराइजेसन रिक्वायर्ड प्रणाली कार्यान्वयन गर्ने प्रकृया अघि बढाएको हो।

प्राधिकरणका प्रवक्ता बिक्रम राज गौतमका अनुसार नयाँ प्रणालीले लो भिजिबिलिटीका कारण हवाइ सेवामा देखिने अवरोध कम गर्न सहयोग पुर्‍याउने छ। उनी भन्छन्, ‘आरएनपी–एआर अप्रोच प्रकृयाको कार्यान्वयनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान सञ्चालनको सुरक्षा, नियमितता र पूर्वानुमानयोग्य उडान हुने विश्वास लिएका छौं। यसले यात्रुहरूलाई थप भरपर्दो हवाइ सेवा उपलब्ध गराउन योगदान पुग्नेछ।’

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भीओआर–डिएमई तथा आइएलएस प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा रहेको छ। विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाडी भू–बनोट र प्राविधिक सीमितताका कारण प्रतिकुल मौसममा उडान सञ्चालन गर्न निकै चुनौती हुने गरेको छ। यही समस्यालाई दृष्टिगत गरी प्राधिकरणले स्याटेलाइटमा आधारित नेभिगेसन प्रणालीलाई प्राथमिकतामा राख्दै प्रारम्भिक अध्ययन सम्पन्न गरिसकेको छ।

यस प्रकृयाको कार्यान्वयनका लागि विस्तृत प्रकृया डिजाइन, भ्यालिडेसन, सेफ्टी एसेसमेन्ट तथा नियामकिय स्वीकृति प्राप्त गर्ने काम बाँकी रहेको छ। आवश्यक प्राविधिक र नियामकीय प्रकृया पूरा भएपछि हाल कायम रहेको न्यूनतम भिजिबिलिटीको सीमा घट्नेछ। जसले गर्दा खराब मौसमका कारण हुने उडान डाइभर्शन, मिस्ड अप्रोच र उडान रद्द हुने समस्या उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.