कांग्रेस युवातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भइन् डा. योशिका

कांग्रेस युवातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भइन् डा. योशिका
सुन्नुहोस्

काठमाडौं : क्यान्सरका बिरामीको उपचारमा सक्रिय शल्य चिकित्सक डा. योशिका भट्टराई अब स्वास्थ्य क्षेत्रको सुधार र सामाजिक सेवाका मुद्दा राजनीतिमार्फत उठाउने यात्रामा अघि बढेकी छन्। चिकित्सा पेशासँगै राजनीतिमा प्रवेश गरेकी उनी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा युवा महिला वर्गबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्।

कोशी प्रदेशबाट युवा महिला वर्गमा उम्मेदवारी दिएकी डा. योशिकाले दुई हजार बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गरेकी छन्। सो वर्गबाट आठ जनाले उम्मेदवारी दिएका थिए। प्रतिस्पर्धी सबैलाई पछि पार्दै उनले विजय प्राप्त गरिन्।

काठमाडौं मेडिकल कलेज (केएमसी)बाट एमबीबीएस र एमएस अध्ययन पूरा गरेकी योशिकाले भारतको दिल्लीस्थित म्याक्स अस्पताल, साकेत्बाट स्तन क्यान्सरसम्बन्धी शल्य चिकित्सामा फेलोसिप गरेकी छन्। उनी हालः विराट नर्सिङ होम र विराट टिचिङ अस्पतालमा कन्सल्टेन्ट लेक्चररका रूपमा कार्यरत छिन्।

बुबा अर्जुनबहादुर भट्टराई र आमा बिमला भट्टराईकी एक्ली सन्तान डा. योसिका बिरामीको उपचारका क्रममा देखेका कठिनाइले स्वास्थ्य सेवाको नीतिगत जग बसाल्न राजनीतिमा आएको बताउँछिन्। ३२ वर्षीया डा. योशिकालाई राजनीतिको यो यात्रामा पति डा. आशिषराज बिष्टको पनि उत्तिकै साथ र सहयोग रहेको छ।

डा. योशिका राजनीतिमा प्रवेश गर्नुको मुख्य उद्देश्य स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउनु तथा क्यान्सरलगायत जटिल रोगको उपचारमा बिरामीले भोग्नुपर्ने कठिनाइलाई हटाउनु हो। 'उपचारका लागि आवश्यक सेवा र सुविधा सहज रूपमा उपलब्ध गराउन नीतिगत तहबाट सजिलै सम्भव भएकाले राजनीतिमा आएको हुँ,' अन्नपूर्ण पोस्ट्सँग उनले भनिन्।

चिकित्सा पेशाले बिरामीको उपचारमा प्रत्यक्ष योगदान गर्ने अवसर दिए पनि स्वास्थ्य क्षेत्रका कतिपय समस्या नीतिगत निर्णय र प्रणालीगत सुधारसँग जोडिने भएकाले राजनीतिमार्फत काम गर्न चाहेको उनको भनाइ छ। 

स्वास्थ्य सेवा, क्यान्सर उपचार र बिरामीका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्यसहित चिकित्सा र राजनीतिक यात्रालाई सँगसँगै अघि बढाउने योजना बनाएकी उनले देशकै पुरानो र प्रजातान्त्रिक पार्टी भएकोले नेपाली कांग्रेस रोजेको बताइन्।

'राजनीतिमा स्वस्थ प्रतिस्पर्धा आवश्यक छ, अन्य दललाई चेक एन्ड ब्यालेन्स गर्न सक्ने पार्टी नेपाली कांग्रेस नै हो,' उनले भनिन्। चिकित्सा क्षेत्रको अनुभवलाई राजनीतिक जिम्मेवारीसँग जोड्दै स्वास्थ्य सेवामा सुधार ल्याउन सधैं प्रयासरत रहने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.