रगतमा ग्लुकोजको मात्रा बढ्दा मधुमेहको जोखिम
रगतमा ग्लुकोजको मात्रा (चिनी) बढी हुनुलाई मधुमेह रोग लागेको बुझिन्छ। यो रोग प्याङक्रयाजबाट इन्सुलिन सेक्रेसनमा खराबी तथा इन्सुलेनले गर्ने कार्यमा खराबी वा दुवै कारणले हुने गर्दछ।
मधुमेहका लक्षणहरू
- पटक–पटक पिसाब हुनु
- ज्यादा तिर्खा लाग्नु
- वजन घट्नु
- खानामा रुचि बढ्नु
- आँखाले धमिलो देख्नु
लामो समयसम्म यो रोग लागिरहेमा यसले शरीरका विभिन्न अंगहरू जस्तैः आँखा, मृगौला, नशा, रक्तनली र मुटुलाई हानि गर्न सक्दछ। आफ्नो परिवारमा कसैलाई मधुमेह भएको, मोटोपना, बिलासी जीवनशैली, उच्च रक्तचाप, वा गर्भवती अवस्थामा मधुमेह भएको इतिहास हुनु मधुमेह रोगको प्रमुख कारक तत्वहरू हुन्।
जीवनशैलीलाई व्यवस्थापन र/वा ग्लुकोज कम गर्ने औषधिको सेवनले केही बिरामीहरूमा रगतमा ग्लुकोजको मात्रालाई कम गर्न सकिन्छ। यस्ता औषधिको सेवनबाट यदि नियन्त्रण नभएमा इन्सुलिन सुई लगाउनु पर्दछ। उपचारलाई प्रभावकारी बनाउन र जटिलताहरूलाई रोक्न नियमित अनुगमन र जाँच गर्नु आवश्यक हुन्छ।
कसरी व्यवस्थापन गर्ने ?
आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्ः सन्तुलित आहारमा बढी जोड दिनेर आफ्नो उचाइअनुसार तौललाई कायम राख्ने त नियमित शारीरिक व्यायाम गर्ने (हप्ताको कम्तीमा ५ दिनसम्म हरेक दिन कम्तीमा ३० मिनेट छिटो हिँड्ने, दौडिने, पौडी खेल्ने गर्नुपर्छ )।
- धूमपान नगर्नुहोसयदि जोखिम तत्वहरू छन् भने, नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
- चिकित्सकको सिफारिसअनुसार रगतमा चिनीकोमात्रा कम गर्नेऔषधिको सेवन गर्नुहोस्।
- चिकित्सकको सुझावबमोजिम खानपिनमा विशेष ध्यान दिनुहोस् इन्सुलिन दिन थालिसकेको छ भने यसको सही प्रयोग कसरी गर्ने भन्नेबारे जान्नुहोस्।
- रगतमा ग्लुकोजको मात्रा र सम्भावित जटिलताहरूको विकासको अनुगमन गर्न समय–समयमा चिकित्सक कहाँजाँच गराउन जानुहोस्।
- रगतमा चिनीको मात्रा (हाइपोग्लाइसेमिया) कम हुन नदिन यसका लक्षणहरू र ध्यान दिनुहोस् वा सावधानीका बारेमा आफ्नो चिकित्सकसँग जानकारी लिनुहोस्।
प्रतिक्रिया दिनुहोस !