दमबाट जोगिऊँ

दमबाट जोगिऊँ

समय समयमा स्वाँ–स्वाँ हुने, श्वास फेर्न गाह्रो हुने, र छाती घ्यार–घ्यार हुने हुन्छ ? यसरी दम बढेको अवस्थामा फोक्सोमा हावा पुर्‍याउने नलीहरू सुनिन्छन्। जसले गर्दा फोक्सोमा रहेका हावाका नलीहरू साँघुरिन्छन्। र, फोक्सोले हावा लिने र फाल्नेक्रममा अवरोध आउँछ।

दमका रोगीहरूलाई विभिन्न कुराहरूसँग एलर्जी हुने सम्भावना हुन्छ। जस्तैः धुलो, केही खानेकुराहरू, पोलेन ग्रेन (पराग) को धुलो, परागको कण, व्यायाम, चिसोहावा, धुवाँ, भित्तामा लगाउने रंग, चिन्ता र अन्य कारणहरूले एलर्जीको जोखिम बढाउँछ। कोही संवेदनशील व्यक्तिहरूलाई भाइरल संक्रमण र धूमपानले पनि दमका लक्षणहरूलाई बढाइदिन्छ। 

यस रोगका लक्षणहरू 

  • समय–समयमा, गम्भीर र अचानक श्वास फेर्न गाह्रो हुने
  • छाती घ्यार–घ्यार हुनु (असामान्य तरिकाले श्वास फेर्दा एक प्रकारको आवाज आउनु त कहिले खकार आउने र कहिले नआउनेगरी खोकी लाग्नु)
  • विशेष गरी रातको समयमा गाह्रो हुने
  • फोक्सोमा हावाको कमीले श्वास फेर्न गाह्रो हुने
  • कतिपय समयमा करंगको बीच भागको छाती कोखा हान्ने, ओठ नीलो हुने र सुस्त हुने।

यस्ता लक्षणहरू देखिएमा जति सक्दो चाँडो उपचारका लागि अस्पताल लानुपर्छ। हरेक बिरामीलाई भिन्नै किसिमको एलर्जी गराउने तत्वहरू हुन्छन्। दम बढ्ने बेलामा बाहेक अरू बेलामा बिरामी सामान्य नै हुने गर्दछ।

बिरामीलाई एलर्जी हुनुको कारण कहिलेकाहीँ छाला जाँच गराएर पनि पत्ता लगाउन सकिन्छ तर प्रायःजसो ती कारक तत्वहरू पत्ता लगाउन गाह्रो हुन्छ। एलर्जीको कारण पत्ता लागेमा त्यो कारणबाट टाढा रहँदा दम बढ्नेबाट बच्न सकिन्छ। दम बढेमा यसलाई कम गर्न औषधिहरू दिइन्छ। तर, अरू गम्भीर लक्षणहरू पनि देखिएको अवस्थामा भने पछि बढ्न नदिने औषधिहरू पनि दिइन्छ। 

यदि तपाईं दमको रोगी हुनुहुन्छ भने, यी लक्षणहरूलाई बढावा दिनेखालका कारक तत्वहरूलाई पत्ता लगाई यसबाट बच्नुहोस्। तपाईं  आफू लाई धुवाँ, धुलो, कडा गन्ध, रंग, स्प्रेर केही खाद्य वस्तुबाट टाढा राख्नुहोस्। 

दमका रोगीहरूलाई विभिन्न एलर्जी हुने सम्भावना हुन्छ। जस्तैः धुलो, केही खानेकुराहरू, पोलेन ग्रेन (पराग) को धुलो, परागको कण, व्यायाम, चिसोहावा, धुवाँ, भित्तामा लगाउने रंग, चिन्ता र अन्य कारणहरूले एलर्जीको जोखिम बढाउँछ। कोही संवेदनशील व्यक्तिहरूलाई भाइरल संक्रमण र धूमपानले पनि दमका लक्षणहरूलाई बढाइदिन्छ।

घरपालुवा जनावर जस्तैः बिरालो आदि नपाल्नुहोस्। किनभने तिनीहरूको कपालले पनि तपाईंलाई एलर्जी हुन सक्छ र दम बढाउँछ।  आफू  पनि धूमपान नगर्नुहोस्। साथै, अरू जो धूमपान गर्छन्, त्यस्ता व्यक्तिको नजिक पनि नबस्नुहोस्। मौसम परिवर्तन हुनेबखतमा  आफू लाई त्यस्ता मौसमबाट बच्न विशेष ध्यान दिनुहोस्।  आफू  जता गए पनि  आफू ले सेवन गर्नुपर्ने औषधि साथमा बोकेको कुरा सुनिश्चित गर्नुहोस्। 

यदि तपाईंमा देखिएका लक्षण गम्भीर छन् र औषधि सेवन गर्दा पनि नियन्त्रणमा नआएमा तुरुन्तै चिकित्सक कहाँ जानुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.