काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १२ औं खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले १ विकेट गुमाउँदै ४६ रन बनाएको हो।
विराटनगर किंग्सले पहिलो विकेटको रुपमा ओपनर सेहान जयसुरियाको विकेट गुमायो। सेहानले ३ बलमा १ रन बनाउँदै मोइन अलिको बलमा स्टम्पिङ आउट भए।
हाल क्रिजमा लोकेश बम २३ र इम्रान शेख २१ रन बनाएर खेलिरहेका छन्। जनकपुर बोल्ट्सका लागि मोइन अलिले १ विकेट लिए। जनकपुर र विराटनगर दुवैको यो चौथो खेल हो।
जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ९ रनको जित दर्ता गरेको थियो।
विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा विराटनगरले कर्णाली याक्ससाग ४ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !