काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १२ औं खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो।
विराटनगरको लागि दोस्रो विकेटको लागि इम्रान शेख र लोकेश बमले शतकीय साझेदारी गरे। इम्रान शेखले ४५ बलमा ५ चौका र २ छक्कासहित ५६ रन बनाए। उनी र लोकेशले दोस्रो विकेटको लागि १०७ रनको शतकीय साझेदारी बनाए।
लोकेश बमले ४० बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन बनाएर क्याच भए। विराटनगर किंग्सले पहिलो विकेटको रुपमा ओपनर शेहान जयसुरियाको विकेट गयो। उनी खाता मात्रै खोल्दै मोइन अलिको बलमा एलबीडब्ल्यू आउट भए। त्यसपछि भने विराटनगरले सम्हालिएर ब्याटिङ गर्यो । दास्रो विकेटको साझेदारीले र आन्द्रे रसेलको आक्रमक अर्धशतकमा विराटनगरले सम्मानजनक लक्ष्य बनाएको हो। आन्द्रे रसेलले २९ बलमा २ चौका र ५ छक्कासहित ५२ रनसहित अविजित रहे। शुभम रन्जाने ७ मा अविजित रहे।
जनकपुर बोल्ट्सको लागि अभिषेक तिवारी र मोइन अलिले १ विकेट लिए। जनकपुर र विराटनगर दुवैको यो चौथो खेल हो। जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससाग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ९ रनको जित दर्ता गरेको थियो।
विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा विराटनगरले कर्णाली याक्ससाग ४ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !