पवारप्लेमा जनकपुरको ब्याटिङ धरापमा
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १२ औं खेलको पावरप्लेमा जनकपुर बोल्ट्सको ब्याटिङ धरापमा परेको छ।
त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगरले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमा ३ विकेटको क्षतीमा ४० रन बनाएको छ।
पावरप्लेमा जनकपुरले पहिलो विकेटको रुपमा तृतराज दासको विकेट गुमायो । उनले ६ रन बनाउँदै बोल्ड भए। दोस्रो विकेटको रूपमा अर्का ओपनर मोइन अलि क्याच भए। उनले १० रन बनाए। तेस्रो विकेटको रुपमा अनिल कुमार शाह डक भए।
हालः क्रिजमा सैफ हसन ८ र विशाल सुस्लिङ ७ रन बनाएर खेलिरहेको छ। विराटनगरको लागि बलिङतर्फ आन्द्रे रसेलले २ र एन्जेलो म्याथ्यूसले १ विकेट लिए। जनकपुर र विराटनगर दुवैको यो चौथो खेल हो।
जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससाग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ९ रनको जित दर्ता गरेको थियो।
विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा विराटनगरले कर्णाली याक्ससाग ४ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !