सेयर बजारमा एकल अंकको सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा एकल अंकको सुधार, कारोबार रकम घट्यो
सुन्नुहोस्

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक एकल अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेको हो।

यसअघि सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। आज ३४९ वटा स्क्रिप्सको १ करोड  ५४ लाख २० हजार ९२० कित्ता सेयर ५ अर्ब ६५ करोड ११ लाख  ४२ हजार ५२३ रुपैयाँमा खरिदबिक्री भए।

सेयर बजारमा सुधार आएपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। २३ करोड बढीको सेयर कारोबार गरी ग्लोबल आईएमई बैंक शीर्षस्थानमा रह्यो।

बुटवल पावर र कुमारी बैंकले १९/१९ करोडको सेयर कारोबार गर्दा सोल्टी होटलले १६ करोड र सानिमा मिडल तमोर हाइड्रोपावरले १५ करोडको कारोबार गरे।

८ वटा समूहको उपसूचक बढ्दा चारवटा समूहको उपसूचक नकारात्मक देखिए। फाइनान्स,इन्भेष्टमेन्ट,मनु एण्ड प्रो र अदर्श समूहको उपसूचक घट्दा बाँकी समूहको उपसूचक सकारात्मक देखिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.