मध्यावधि निर्वाचनमा हार नजिक पुगेपछि ट्रम्पले भने- नतिजा स्वीकार गर्न तयार छु

मध्यावधि निर्वाचनमा हार नजिक पुगेपछि ट्रम्पले भने- नतिजा स्वीकार गर्न तयार छु
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा हार नजिक पुगेपछि नतिजा स्वीकार गर्न तयार रहेको बताएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बलियो गढ मानिएका केही चुनावी क्षेत्रमा डेमोक्रेटिक उम्मेदवारहरूको जितसँगै ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्, जसले अमेरिकी राजनीतिमा नयाँ मोड ल्याएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'न्युयोर्क टाइम्स'सँग कुराकानी गर्दै मध्यावधि चुनावको नतिजालाई पूर्ण रूपमा स्वीकार गर्न तयार रहेको बताएका छन्।

अन्तर्वार्ताका क्रममा ट्रम्पले विपक्षी दलसँग पनि मिलेर अगाडि बढ्ने बताएका छन्। उनले भनेका छन्- 'हो, म यी नतिजाहरूलाई पूर्ण रूपमा स्वीकार गर्न तयार छु र हामी उनीहरूसँग सहकार्य गर्ने अपेक्षा गर्छौं। हामी मिलेर कुनै न कुनै निकास निकाल्नेछौं।'

यद्यपि, यसअघि सामाजिक सञ्जाल 'ट्रुथ सोसियल'मा 'भिटो' अर्थात् अस्वीकार गर्ने अधिकारसहितको क्यापको तस्बिर सेयर गरेका ट्रम्पले बीबीसीको अमेरिकी पार्टनर 'सीबीएस'सँगको कुराकानीमा भने संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आएमा आफूले राष्ट्रपतिका सम्पूर्ण अधिकार (भिटो पावर) प्रयोग गर्ने चेतावनी दिएका थिए।

संसद्का दुवै सदनमा बहुमत गुमाए पनि ट्रम्पले नीतिगत निर्णयमा आफ्नो विशेष अधिकार प्रयोग गर्न सक्ने यो संकेतले अमेरिकी राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.