नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्। 

बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकले दान बहादुर कार्कीलाई पदमुक्त गर्दै केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए। 

उनले प्रहरी संगठनले नागरिकसँग कसरी नजिक हुनुपर्छ र नागरिकप्रति कसरी सम्मानित व्यवहार गर्नुपर्छ भन्ने कुरामा विशेष ध्यान दिन सुझाव दिए। उनले डिजिटल रूपान्तरण, साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डिप फेक, संगठित अपराध, र लागुऔषध बेचविखन जस्ता नयाँ चुनौतीहरूप्रति सचेत रहनुपर्ने उल्लेख गरे। फिल्डमा खटिने सबै प्रहरीको मनोबल उच्च राख्ने गरि काम गर्न पनि उनले निर्देशन दिए।

त्यस्तै दर्ज्यानी चिन्ह ग्रहण गर्दै नवनियुक्त महानिरीक्षक केसीले संविधान र कानुनप्रति अविचलित रहँदै नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरी राख्दै संगठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने धारणा राखे। उनलेआधारभूत तह लगायत सम्पूर्ण प्रहरी कर्मचारीहरूको गुनासो सुन्ने संयन्त्र तत्काल सुरु गर्ने बताए।

सरकारसँग आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तता, राजनीतिक दलहरूसँग प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि सहयोगको आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.