वाइडबडी विमान छानविनका लागि उपसमिति गठन
काठमाडाैं : वाइडबडी विमान खरिद प्रक्रियाबारे छानविन गर्न संसदीय समितिले उपससमिति बनाएको छ ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार विमानको छानविनका लागि तीन सदस्यीय उपसमिति बनाएको हो । सांसद प्रकाशमान सिंह संयोजक रहेको समितिमा नारदमुनि राना र रेणुका गुरुङ सदस्य रहेका छन् । समितिलाई एक महिनाको समय दिइएको समिति सभापति पवित्रा खरेलले जानकारी दिइन् ।
समितिले नेपाल वायू सेवा निगमले खरिद गरेका दुई वटा वाइडबडी विमानका सम्बन्धमा शुक्रबार छलफल गरेको हो । पर्यटन नागरिक तथा उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित मन्त्रालयका अधिकारीलाई बोलाएर समितिले विमान खरिद प्रक्रियाका बारेमा जानकारी माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस !