election background

प्रतिनिधि सभा निर्वाचन २०८२

वाइडबडी खरिद प्रकरण : समिति गठन भएको १२ दिनमै संयोजक परिवर्तन !

वाइडबडी खरिद प्रकरण : समिति गठन भएको १२ दिनमै संयोजक परिवर्तन !

काठमाडौं : संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणको छानबिनका लागि उपसमिति गठन गरेको १२ दिनमै संयोजक परिवर्तन गरेको छ। 

कांग्रेस सांसद प्रकाशमान सिंहको संयोजकत्वमा समिति गठन गरेको १२ दिनपछि समितिले बुधबार सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा नयाँ उपसमिति गठन गरेको हो। 

मंसिर ७ गते बसेको समिति बैठकले सिंहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। तर सिंहले वाइडबडी खरिद प्रकरणको छानबिन समितिमा बस्न नसक्ने बताएपछि बुधबारको बैठकले सांसद  भट्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो। 

समिति सदस्यमा सांसद दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलकुमारी यादव, सुदन किराती रहेका छन्। यसअघि गठन भएको समिति सदस्यमा रहेकी संघीय समाजवादी फोरमकी सांसाद गुरुङ नयाँ समितिमा समेटिएकी छन् भने नेकपा सांसद नारदमुनी राना समेटिएका छैनन्। 

सिंहले पार्टीको काममा व्यस्त रहनु परेको भन्दै छानबिन समितिमा बस्न अस्वीकार गरेपछि समितिले नयाँ संयोजक बनाउने निर्णय गरेको बताएको छ। 
 


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.