सामसङको ग्यालेक्सी एस २३ सिरिजको बिक्री सुरु

काठमाडौं : ग्यालेक्सी २३ अल्ट्राका लागि ग्राहकहरूबाट अत्यधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि-अर्डरको रेकर्ड तोडिएको छ।
सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस २३ स्मार्टफोनहरूलाई यसको प्रि-अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ।
ग्यालेक्सी एस २३ सिरिजको प्रि-अर्डर आफैंमा एक ठूलो सफलता भएको छ। गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोभन्दा बढी प्रि-अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि-अर्डर भएको छ।
पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ। ग्राहकहरू सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र लामो समयसम्म टिक्ने, गुणस्तरीय र भविष्यको लागि तयार भएको सामानहरू नै रोज्न थालेका छन्।
सामसङका निर्देशक श्री प्रणय रत्न स्थापितले भने 'हामी हाम्रा ग्राहकहरू प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं। यो प्रि-अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्डप्रति ग्राहकहरूले देखाउनु भएको बलियो विश्वास झल्किएको छ।'
देशभरका डिलरहरूले एस २३ सिरिजको लन्च र सफलताको खुशीयाली मनाएका छन्। यस ग्यालेक्सी एस२३ सिरिज प्रति ग्राहकहरूले देखाएका माया र लगावका कारण बजारमा सबै डिलरहरू उत्साहित छन्।
प्रतिक्रिया दिनुहोस !
