सुर्खेत क्याम्पसमा अनेरास्ववियु विजयी

वीरेन्द्रनगर : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी र नेविसंघको गठबन्धनलाई हराउँदै एमाले निकट अनेरास्वियुको प्यानल विजयी भएको छ।
सम्पन्न मतगणनामा अनेरास्ववियुको अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतिले गठबन्धनका उम्मेदवार हिक्मत शाहीलाई ४७९ मतान्तरले पराजित गरेका हुन्।
सिजापतिले ९६७ मत प्राप्त गरेका थिए भने अध्यक्षका अर्का प्रतिस्पर्धी हिक्मत शाहीले ४ सय ८८ मत प्राप्त गरेका छन्। त्यस्तै सचिवमा अनेरास्वियुकै भवानी ढकाल ९ सय ४ र कोषाध्यक्षमा ललित राना ७ सय ७० मत प्राप्त गरि विजयी भएका छन्।
सदस्यहरूमा अनेरा स्ववियुकै भरत शाही ८ सय ५४, राधा रिजाल ८ सय ५९, गगन आले ८ सय ८४, रोकाय ८ सय ८८, दिपेन्द्र शाही ८ सय ३०, महेन्द्र खड्का ७ सय ९३, निरा जैशी ८ सय ५० र अशोक बरालले ८ सय ६९ मत ल्याएर विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस !
