मेयर कप : ६५ रनमा समेटियो मेयर्स ११

काठमाडौं : आयोजक मेयर्स ११ ललितपुर मेयर कप ट्वान्टी २० महिला क्रिकेट प्रतियोगितामा शुक्रबार कोशी प्रदेशविरुद्ध ६५ रनमा समेटिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मेयर्स ११ ले १६।५ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्रै बनाउन सक्यो।
मेयर्स ११ की लक्ष्मी चौधरीले २३ तथा मनिषा उपाध्यायले १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोशी प्रदेशका लागि निषा साहले सर्वाधिक तीन विकेट लिइन्। यस्तै,अप्सरी बेगमले दुई तथा अलिशा खडिया र सबनम राईले एक–एक विकेट लिए।
कोशी प्रदेशको प्रतियोगितामा यो पहिलो खेल हो। मेयर्स ११ भने शुक्रबार सुदूरपश्चिम प्रदेशसँग ५१ रनले पराजित भएको थियो। आजै भएको पहिलो खेलमा विभागीय टिम एपीएफले सुदूरपश्चिमलाई १५ रनले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
