किन घट्यो बागलुङको जनसंख्या?

बागलुङ : एक दशकपछि गरिएको जनगणनामा बागलुङको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार बागलुङको जनसंख्या वृद्धिदर -०.७२ प्रतिशत रहेको छ।
विभागका अनुसार वि.सं. २०७८ को जनगणनामा बागलुङ जिल्लाको जनसंख्या २ लाख ४९ हजार २११ छ। २०६८ को जनगणनामा २ लाख ६८ हजार ६१३ रहेको थियो। तथ्यांक विभागका अनुसार बागलुङमा ६४ हजार १५३ परिवार संख्या रहेको छ।
तथ्यांक विभागका अनुसार बागलुङका ३४ हजार १५७ जना जनसंख्या र २२ हजार ९२५ परिवार संख्या विदेशमा रहेका छन्। विभागले विदेशमा रहेका र नेपालमा रहेकाहरूको छुट्टाछुट्टै गणना गरेको छ। विभागका अनुसार बागलुङका २८ हजार २९७ पुरुष र ५ हजार ८६९ महिला विदेशमा रहेका छन्।
बागलुङमा ७ हजार ८११ जना अपांगता भएका व्यक्तिहरू रहेको छभने साक्षरता दर ७९ दशमलव ९७ प्रतिशत रहेको विभागले जनाएको छ। त्यस्तै तथ्यांक विभागका अनुसार बागलुङको सबैभन्दा धेरै जनसंख्या बागलुङ नगरपालिका र कम जनसंख्या तमानखोला गाउँपालिकामा रहेको छ।
तथ्यांक विभागका अनुसार बागलुङको स्थानीय तहमा सबैभन्दा धेरै जनसंख्या बागलुङ नगरपालिकामा रहेको छ। प्रारम्भिक तथ्यांकअनुसार बागलुङ नगरपालिकामा २६ हजार ८० पुरुष र ३० हजार २२ महिला गरी ५६ हजार १०२ जना जनसंख्या र १५ हजार ९२४ परिवार संख्या रहेको छ।
त्यस्तै सबैभन्दा कम जनसंख्या तमानखोला गाउँपालिकामा रहेको छ। तमानखोलामा ४ हजार ५९३ पुरुष र ५ हजार १९८ महिला गरी ९ हजार ९८२ जना जनसंख्या र २ हजार ६११ परिवार संख्या रहेको छ।
नगरपालिकातर्फ ढोरपाटन नगरपालिकामा १३ हजार ९६७ पुरुष र १६ हजार १०१ महिला गरी ३० हजार ६८ जनसंख्या र ७ हजार ४८५ परिवार संख्या, गलकोट नगरपालिकामा १४ हजार ३७२ पुरुष र १५ हजार २१६ महिला गरी ३० हजार ५८८ जना जनसंख्या र ७ हजार ७१४ परिवार संख्या र जैमिनी नगरपालिकामा ११ हजार २२२ पुरुष र १३ हजार ४०६ महिला गरी २४ हजार ६२८ जना जनसंख्या र ६ हजार ८२८ परिवार संख्या रहेको तथ्यांक विभागले जनाएको छ।
त्यस्तै बडिगाड गाउँपालिकामा १३ हजार ४ सय पुरुष र १५ हजार ४३९ महिला गरी २८ हजार ८३९ जनसंख्या र ६ हजार ७४५ परिवार संख्या, बरेङ गाउँपालिकामा ५ हजार १०२ पुरुष र ६ हजार ५२ महिला गरी ११ हजार १५८ जनसंख्या र २ हजार ९२५ परवार संख्या, काठेखोला गाउँपालिकामा १० हजार २५६ पुरुष र १२ हजार २७० महिला गरी २२ हजार ५२६ जनसंख्या र ५ हजार ८९२ परिवार संख्या, निसीखोला गाउँपालिकामा १० हजार ५६० पुरुष र १२ हजार ५५९ महिला गरी २३ हजार ११९ जनसंख्या र ५ हजार ६३५ परिवार संख्या र ताराखोला गाउँपालिकामा ४ हजार ९२२ पुरुष र ५ हजार १९८ महिला गरी १० हजार १२० जनसंख्या र २ हजार ३३७ परिवार संख्या रहेको छ।
प्रतिक्रिया दिनुहोस !
