‘वरीयता मिचेर बढुवा’

त्यस्तै नर्सिङ समूहको सुपरभाइजरमा सविता पन्थीलाई बढुवा गरिएको छ। पन्थी उपनिर्देशक डा. कृष्णसागर शर्माकी पत्नी हुन्। वरीयतामा पहिलो नम्बरमा रहेकी सुशीला कोइरालालाई रोकेर अन्तिम नम्बरमा रहेकी पन्थीलाई बढुवा गरिएको आरोप छ। ६ जनामध्ये पन्थी सबैभन्दा अन्तिममा थिइन्।
चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा वरीयता नै मिचेर कर्मचारीको बढुवा गरेको भन्दै कार्यरत कर्मचारीले असन्तुष्टि जनाएका छन्।
कार्य सम्पादनमा अगाडि रहेकाको नगरी नियम मिचेर पछाडि रहेकाको बढुवा गरेको उनीहरूको आरोप छ। यो घटनासँगै अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, उपनिर्देशक डा. कृष्णसागर शर्मा र प्रमुख प्रशासक गृहीनारायण महतो विवादमा मुछिएका छन्। उनीहरूमाथि कार्यसम्पादनमा पछाडि परेका तर, आफू निकटका कर्मचारीलाई नियम मिचेर बढुवा गरेको आरोप छ।
अस्पतालमा भएको बढुवाले कर्मचारीमा असन्तुष्टि देखिएको छ। मर्यादाक्रम मिचेर आफू निकटकालाई बढुवा गरिएपछि अस्पतालमा विरोधसमेत सुरु भएको छ। चिकित्सक, नर्सिङ, प्याथोलोजी र प्रशासन समूहमा गत मंगलबार ५५ जनाको बढुवा भएको थियो। लामो समय काम गरेका पहिलो वरीयतामा रहेका नै बढुवा हुनबाट वञ्चित भएका छन्।
चिकित्सक समूहमा अस्पतालका एक नम्बरमा रहेका मेडिकल अंकोलोजिस्ट डा. जयराम अधिकारी र सर्जन डा. सुनील ढकाल बढुवा हुनबाट वञ्चित भए। डा. अधिकारी र डा. ढकाल अस्पतालमा अब्बल चिकित्सकको रूपमा परिचित छन्। उनीहरूभन्दा कनिष्ठ चिकित्सकलाई दसौं तहमा बढुवा गरिएको छ। डा. ढकाललाई रोकेर उपनिर्देशक डा. शर्माका निकट डा. सुमन खनाललाई बढुवा गरिएको उनीहरूको आरोप छ।
त्यस्तै नर्सिङ समूहको सुपरभाइजरमा सविता पन्थीलाई बढुवा गरिएको छ। पन्थी उपनिर्देशक डा. कृष्णसागर शर्माकी पत्नी हुन्। वरीयतामा पहिलो नम्बरमा रहेकी सुशीला कोइरालालाई रोकेर अन्तिम नम्बरमा रहेकी पन्थीलाई बढुवा गरिएको आरोप छ। ६ जनामध्ये पन्थी सबैभन्दा अन्तिममा थिइन्।
बढुवा भएका १० जना सिनियर स्टाफ नर्समा पनि वरीयता मिचिएको छ। अग्रस्थानमा रहेकालाई रोकेर ४५औं नम्बरमा रहेकालाई बढुवा गरिएको छ। २०६५ सालमा सेवा सुरु गरेकालाई रोकेर झन्डै पाँच वर्षपछिका नर्सलाई सिनियर स्टार्फ नर्समा बढुवा गरिएको हो। ‘आपूmभन्दा सिनियरको रोकेर आफ्नो बढुवा हुँदा कर्मचारी आफैं अचम्मित छन्,’ एक कर्मचारीले भने।
त्यस्तै प्याथोलोजी विभागमा पनि कार्यसम्पादनमा अगाडि रहेका दीपक चापागाईंको बढुवा रोकिएको छ। कार्यसम्पादनको कागज हराएको कारण देखाउँदै एक नम्बरमा रहेका चापागाईंलाई रोकेर अन्य तीन जनाको बढुवा गरिएको हो। चापागाईंको कार्यसम्पादन मुल्यांकन पत्र फालेर बढुवा रोकिएको आरोप छ।
‘२०७४÷०७५ को कार्यसम्पादन मूल्यांकन हरायो भनेर बढुवा रोकिएको छ। त्यसरी छुटेको रहेछ भने पनि पछि भरेर मूल्यांकन गर्ने प्रचलन हुन्छ। यहाँ त भएको कागज जानेरै फालेर हरायो भनिएको छ,’ एक पीडित कर्मचारीले भने, ‘अघिल्लो कार्यकालको कागज थाहा भएन भन्न पाइन्छ ? यो सुनियोजित हो। वरिष्ठ कर्मचारीको मनोबल गिराउने गरी बढुवा गरिएको छ।’
यता अस्पतालका कार्यकारी निर्देशक डा. देजुकमार गौतम नियमसंगत बढुवा भएको दाबी गर्छन्। ‘हामीसँग बढुवा गर्नुपर्ने निश्चित पद छन्। त्यसमा सबै जनाको सम्भव छैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !
