विराट कोहलीको कीर्तिमानी शतक, तोडे सचिन तेन्दुलकरको रेकर्ड

विराट कोहलीको कीर्तिमानी शतक, तोडे सचिन तेन्दुलकरको रेकर्ड
सुन्नुहोस्

काठमाडौं : आइसीसी विश्वकपको सेमिफाइनलमा ५०औं शतक बनाउँदै विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन्। मुम्बईको वाङ्खेडे क्रिकेट रंगशालामा उनले न्युजिल्यान्डविरुद्धको खेलमा ५०‌‍औं ओडीआई शतक बनाएका हुन्।

११३ बल खेलका कोहलीले ९ चौका र २ छक्कासहित शतक प्रहार गरे। जारी विश्वकपमा उनको यो तेस्रो शतक हो।

सचिनले ओडीआईतर्फ ४९ शतक बनाएका छन्। कोहीलीले गत आइतबार आफ्नो ३५औं जन्मदनिको अवसरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दै सचिनसँग बराबरी गरेका थिए। यससँगै जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीमा पनि पहिलो नम्बरमा कोहली रहेका छन्।

यसैबीच भारतले न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ३९७ बनाएको हो। भारतका लागप विराटले ११७ रनको योगदान दिँदा श्रेयश लयरले १०५ रन बनाए। त्यस्तै रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १ रन बनाएर पेभेलियन फर्किए।

खुट्टामा समस्या आएपछि रिटार्यड हर्ट भएर खेल मैदान बाहिर गएका शुभम गिल अन्तिम ओभरमा पुन क्रिज आइ अविजित ८० रनको योगदान दिए भने केएल राहुल ३९ रनमा अविजित रहे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.