election background

प्रतिनिधि सभा निर्वाचन २०८२

पाठेघरको क्यान्सरविरुद्धको अभियान, नवलपुरमा १७ हजार किशोरीलाई खोप लगाइँदै

पाठेघरको क्यान्सरविरुद्धको अभियान, नवलपुरमा १७ हजार किशोरीलाई खोप लगाइँदै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

नवलपुर  : पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि नवलपुरमा १७ हजार  किशोरीलाई त्यस विरुद्धको खोप लगाइने भएको छ । विद्यालय तहका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष भित्रका किशोरीलाई खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताए ।

कार्यालयले बिहिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘जिल्लाभर  २ सय ३० विद्यालयसहित कूल ३ सय २० खोप केन्द्रमा खोप अभियान सञ्चालन गर्दैछौं । विद्यालय नगएका १० देखि १४ वर्ष भित्रका किशोरीहरूलाई पनि खोजीखोजी खोप लगाउने कार्यक्रम छ। कोहि पनि नछुटून् भनेर् हामीले विद्यालयलाई नै खोपकेन्द्र बनाएर यो अभियान सञ्‍चालन गर्दैछौं ।'

विद्यालय नजाने किशोरीहरूलाई अन्य स्वास्थ्य संस्थाका खोप केन्द्रबाट खोप लगाइने उनले बताए ।  कक्षा ६ देखि १० सञ्चालन भएका २३० विद्यालय र ९० वटा स्वास्थ्य संस्थामा दुई चरणमा गरेर खोप अभियान  स ञ्चलन गरिनेछ ।

पहिलो चरणमा माघ २२ गते देखि माघ २८ गतेसम्म बुलिङटार, बौदिकाली, गैँडाकोट र देवचुलीमा र कावासोती , मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा माघ २८ गते देखि फागुन ६ गते सम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ ।

पाठेघरको मुखको क्यान्सरलाई ह्युमन प्यापिलोमा भाइरस ( एचपीभी) बाट हुने क्यान्सर भनिन्छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको सिंहले बताए । 

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन कोहि नछुटुन् भनेर सबै तहमा आवश्यक गृहकार्य भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम बिश्वकर्माले बताए । उनले भने ,‘हामीले सबै तथ्याकं संकलन गरेका छौं । सकभर कोहि नछुटुन् भनने हाम्रो उद्देश्य छ ।टोलसुधारको तहदेखिनै यसलाई प्रचार प्रसार गरेका छौं ।’ 

विश्वकर्माले सबै किशोरीहरूलाई खोप अभियानमा सहभागी गराउन आग्रह गरे ।  नेपालमा यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने तयारी छ ।  

पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय यसअघिनै गरिसकेको छ । ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्ने र यसले मलद्वार,योनी र घाँटीको पछाडिको भागमा छिटो आक्रमण गर्ने सिंहले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.