मुक्तिनाथ धाममा ६ महिने महायज्ञ, रथयात्रा टोली मुस्ताङ आइपुग्यो

मुक्तिनाथ धाममा ६ महिने महायज्ञ, रथयात्रा टोली मुस्ताङ आइपुग्यो
सुन्नुहोस्

जोमसोम : हिन्दू तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ धाममा ६ महिनासम्म निरन्तर मुक्तिनाथ महायज्ञ हुने भएको छ। मुक्तिनाथ मन्दिरका पीठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा चैत २४ गते रामनवमी तिथिदेखि बडादसंैसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो।

मुक्तिनाथ धामको प्रचार÷प्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवान््को अवतार शिला शालिग्रामको संरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो। यसै उद्देश्यका साथ स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको   श्रीगजेन्द्रमोक्षनारायण—मुक्तिनाथ रथयात्रा टोली चौथोदिन मुस्ताङको जोमसोम स्थित गणेश मन्दिरमा आइपुगेको छ। 

रथयात्रा टोलीमा स्वामी कमलनयनाचार्यसहित दर्जनौं स्वामी पुजारी तथा २ सय बढी भक्तजनको सहभागिता रहेको छ।  श्रीगजेन्द्रमोक्षनारायण—मुक्तिनाथ रथयात्रा टोली जोमसोमबाट कागबेनीधाम हुँदै मुक्तिनाथ पुगेर समापन हुने बताइएको छ।

यसअघि नवलपुरबाट जोमसोम आइपुगेको रथयात्रा टोलीले मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित मुस्ताङको पर्यटन व्यवसायी तथा स्थानीय नागरिक, सुरक्षाकर्मी, कर्मचारीलगायतले भव्य स्वागत सत्कार गरेका थिए।

मुस्ताङको जोमसोममा राष्ट्रिय लोक भजन चुड््का (संस्कृति) प्रतिष्ठान शाखा मुस्ताङले रथयात्रा टोलीलाई भवन चुड््काद्वारा स्वागत गरेको थियो। प्रतिष्ठानद्वारा आयोजित स्वागत कार्यक्रममा मुक्तिनाथ मन्दिरका पीठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यले गण्डकीको सभ्यतालाई जोगाउन रथयात्रा तथा महायज्ञ चलाउने तयारी गरिएको बताए। उनले यस प्रकारको रथयात्रा बर्सेनि रहने र यसले हजारौं पर्यटन मुक्तिनाथ आउने दाबी गरे। मुक्तिनाथ क्षेत्र तपस्वीहरूले तपस्या गरेको स्थान भएको र यस क्षेत्रमा पाईने शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने दायित्व सबैको भएको स्वामी कमलनयनाचार्यले बताए।

‘हामी जिन्दाबाद र मुर्दावादको नारामा अल्झिन छोडेर सबैले आफ्ना–आफ्ना सकारात्मक कर्महरू गरेर अघि बढ््नुपर्ने बेला आएको छ’, स्वामी कमलनयनाचार्यले भने, ‘यो रथयात्रा र महायज्ञले विश्वशान्तिको कामना र समुन्नत  नेपालको परिकल्पना गर्ने छ।’
मुक्तिनाथका साथै सिङ््गो नेपालका लागि धार्मिक सद््भाव र पर्यटन विकासका लागि महायज्ञ ६ महिनासम्म मुक्तिक्षेत्रमा निरन्तर चल्ने स्वामी कमलनयनाचार्यले जानकारी दिए। 

श्रीगजेन्द्रमोक्षनारायण—मुक्तिनाथ रथयात्रापछि चैत २४ गतेदेखि बडा दसैंसम्म महायज्ञ हुनेछ। महायज्ञमा भगवान   श्रीरामको आराधना गर्दै विश्वशान्ति र राष्ट्र समुन्नतीका लागि महासंकल्प हुनेछ। वेद, पुराण, रामायण, गीतालगायतका शास्त्रहरूको पाठ परायण गरेर ६ महिनासम्म महायज्ञ सञ्चालन हुने कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिए। 
महायज्ञ अवधिभर विभिन्न पाठपरायण, हवन, रामायण पाठ, वेद पाठ र उपनिसद पाठ परायणलगायत अखण्ड हरिनारायण किर्तन हुने पुजारी आयार्यको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.