कोरलानाका खुल्यो, भएन व्यापार सहज

कोरलानाका खुल्यो, भएन व्यापार सहज
सुन्नुहोस्

जोमसोम : नेपाल–चीन उत्तरी कोरलानाका ०८० कात्तिक २७ गते औपचारिक रूपमा खुला गरियो। कोरलानाका बाह्रै महिना खुला हुने खबरले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सर्वसाधारण खुसी भए। केही समय तिब्बती भूमि लिग्चेमा पुगेर दैनिक उपभोग्यका सामान किनमेल गर्न थाले। कतिपय व्यापारीले चीनको तिब्बती भूमि लिग्चेबाट सामान आयात गरी मुस्ताङको जोमसोम र जिल्ला बाहिर पनि सामान बिक्री वितरण गर्न थाले। भन्सारको राजस्व संकलनमा पनि सुधार हुँदै गयो। बेरोजगार नागरिक पनि चिनियाँ सामान बेचेर दुई-चार पैसा आयआर्जन गर्न थाले। 

तर, कोरलानाका खुलेर हौसिएका उपल्लो मुस्ताङी ५ महिनादेखि निराश छन्। भन्सारबाट व्यापारिक प्रयोजनका सामान ल्याउन रोक लागेपछि सर्वसाधारण चिन्तित छन्। मुस्ताङ भन्सारले घरायसी प्रयोजनबाहेक व्यापारिक प्रयोजनका लागि ठूलो परिमाणमा सामान ल्याउन निषेध गरेको छ। फुटकर रूपमा मात्रै सामान ल्याउन दिने तर व्यापारिक प्रयोजनका लागि सामान ल्याउन रोकेपछि उपल्लो मुस्ताङका साना व्यापारीहरूको आम्दानी सुक्न थालेको छ। नाका खुलेपछि गाउँ छोडेर विदेश जान रोकिएका युवासमेत निराश छन्। 

लोमान्थाङ–३ ठिङ्गरका व्यापारी कर्मा सम्टुक गुरुङले कोरलानाका खुले पनि आफूहरूका लागि हर्ष न विस्मात भएको बताए। ‘सुरुवाती चरणको एकवर्ष सीमापारी पुगेर सामान ल्याउँथ्यांै। सरकारलाई कर पनि बुझाउने गरेका थियौं’, उनले भने, ‘खै अहिले त ३ महिना बढी भयो, राजस्व तिरेर सामान ल्याएर बिक्री गर्छुभन्दा पनि पाइँदैन, यो हामी जस्ता निमुखा र साना व्यापारीका लागि निकै ठूलो अन्याय भयो। सामान ल्याएर बिक्री गर्न नपाउने भएपछि हामीहरूका लागि नाका खुलेको के नै अर्थ भयो ?’ 

सरकारले कोरलानाका व्यापार प्रबद्र्धनका लागि यहाँका नागरिक र व्यापारीहरूको भावनालाई सम्बोधन गर्नुपर्ने व्यापारी गुरुङको भनाइ छ। कोरलानाका व्यापार प्रबद्र्धनमा देखिएका समस्या र चुनौतीहरूलाई वैज्ञानिक ढंगले समस्या सामाधान गर्नुपर्ने व्यापारी गुरुङको भनाइ छ।

कोरलानाका खुला भए पनि मुस्ताङ भन्सार कार्यालय आफैं थला परेको छ। भन्सार कार्यालयमा जनशक्ति र भन्सारलाई चाहिने आवश्यक पूर्वाधार नहुँदा चीनबाट आयात हुने सामान र उपल्लो मुस्ताङबाट चीनतर्फ निर्यात हुने सामानको राजस्व संकलन गर्ने कार्यमा कानुनी तथा नीतिगत जटिलता देखिन्छ। नाकामा चीनबाट आयात हुने विभिन्न प्रकारका सामाग्रीहरूको क्वारेन्टाइन पूर्वाधार नहुँदा कानुनी जटिलता उत्पन्न भएको बताइन्छ।

कोरलानाका यस्तो नाका हो, कुनै समय त्यहाँँबाट नुनदेखि सुनसम्म नेपाल भित्रिने गथ्र्यो। नाकाबाट हुने अवैंध गतिविधि रोक्न स्थानीय प्रशासनले सक्रियता बढाए पनि कोरलाबाट आयात गरिने सामानमा कडाइ गरिएको हो। गत पुसको दोस्रो साता कोरलानाकाबाट ट्रकमा राखेर भन्सार प्रज्ञापनपत्र बिलबिजक बिना ६ करोड ८१ लाख बराबरको चिनियाँ सामान भिœयाइएपछि हालको समस्या देखिएको हो। त्यसबेला मुस्ताङ प्रहरीले ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट भेपसहितको ट्रक नियन्त्रणमा लिएको थियो। सोही घटनाकै कारण कोरलानाका व्यापार प्रबद्र्धनमा ठूलो असर पुर्‍याएको हो।

उपल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु)ले उपल्लो मुस्ताङका नागरिक तथा व्यापारीलाई सहज हुने गरी सुविधा दिएर राजश्व संकलन गर्नुपर्नेमा जोड दिए। ‘अहिले उपल्लो मुस्ताङका नागरिकका लागि नाका खुलेको होकी होइन त्यो नै अन्योलता छ’, यसरी नागरिक तथा व्यापारीलाई सुविधा पनि नदिने र राजश्व पनि नउठाउने भएपछि यसरी कहाँ चल्छ’, अध्यक्ष बिष्टले भने, ‘सरकारलाई पनि राजस्व आउँछ र व्यापारीले पनि दुई÷चार पैसा आम्दानी गर्न पाउने भएपछि सामान ल्याउन किन रोक्नुपर्‍यो ? ’

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले कोरलानाकाबाट स्थानीयलाई राजस्व संकलन गरेर सहज रूपमा व्यापार व्यवसाय चलाउन पाउने व्यवस्था गर्न आवश्यक रहेको औंल्याए। ‘यहाँका सबै व्यापारी दूधले नुहाएका हुन्छन् भन्न खोजेको होइन, तर, अधिकांश नागरिकहरू सामान बेचेर दुई चार पैसा कमाउन पाइएलाकी भन्ने आशामा छन्’, अध्यक्ष गुरुङले भने, व्यापारका नाममा अवाञ्छित गतिविधिलाई रोक्नुपर्छ र त्यस्ता व्यापारीहरूलाई कानुनबमोजिम कारबाही गर्दा हामीलाई कुनै आपत्ति हुँदैन, एक दुई जना व्यापारीका कारण सबैको रोजीराटी बन्द गर्न पनि न्यायोचित हुँदैन।’

उपल्लो मुस्ताङका सर्वसाधारण र व्यापारीहरूमाथि परेको समस्या र चुनौतीहरूका विषयमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सक्रियता बढाएका छन्। लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा शुक्रबार आयोजना गरिएको कोरला व्यापार प्रबद्र्धनसम्बन्धी बृहत् छलफल बिना निश्कर्ष टुगिंएको छ। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा भन्सार कार्यालयका प्रतिनिधि, अध्यागमन कार्यालयका प्रतिनिधि र सुरक्षा निकाय प्रतिनिधिहरूको उपस्थितीमा कोरला व्यापार प्रबद्र्धनमा देखिएका समस्या र चुनौतीहरू समाधान विषयमा छलफल भएको लोमान्थाङ गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिए। छलफलमा तत्कालको विद्यमान अवस्थामा आवश्यक पूर्वाधार व्यवस्थापन नभएकाले भन्सार कार्यालय सक्रिय हुन नसक्ने भएकाले त्यसका लागि सरकारसँग पहल गर्ने निर्णय भएको कार्यालय प्रमुख केसीले जानकारी दिए। नेपाल–चीन उत्तरी कोरलानाकाबाट उपल्लो मुस्ताङका नागरिकहरूले खाद्यान्न, लत्ताकपडा, चिनियाँ फर्निचरका सामग्री, किराना सामान, कस्मेटिक सामान, कृषि उपकरणलगायतका सामान आयात हुन्छ। दसैंका लागि चाहिने भेडाच्यांग्रासमेत कोरलानाकाबाट आयात गर्ने गरिन्छ। उपल्लो मुस्ताङीले स्थानीय कृषि उत्पादन, पश्मिनाका साथै नेपालभित्र पाइने सामान बिक्री वितरण गर्छन्।

कोरलानाकामा चीनले ठूला–ठूला व्यापारिक प्रतिष्ठानलगायतका पूर्वाधार निर्माण गरिसकेको छ। यस्तै, अध्यागमन, सुक्खा बन्दरगाह र सुरक्षा पोस्टहरू तैनाथीमा राखिसकेको छ। यता, नेपालले भने कोरलानाकामा कुनै भौतिक पूर्वाधार निर्माण गर्न सकेको छैन। चीनका सुरक्षाकर्मी त्यहाँका दशगजा क्षेत्रमा बस्ने गरे पनि नेपाली सुरक्षाकर्मी १६ किमी यता न्हेचुङमा बसेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.