मुक्तिनाथको शीरमा तीन धार्मिक सम्पदा फेला

मुक्तिनाथको शीरमा तीन धार्मिक सम्पदा फेला
सुन्नुहोस्

जोमसोम : प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर माथिको शीर मुक्तिक्षेत्र पर्वतीय स्थानमा विष्णु भगवान्का तीनवटा धार्मिक सम्पदा फेला परेका छन्। समुद्री सतहको ४ हजार एक सय मिटरको उचाइदेखि करिब ४ हजार ७ सय मिटरको अग्लो पर्वतीय मुक्तिनाथ क्षेत्रको विशाल पर्वतमा भगवान् विष्णुसँग सम्वन्धित तीनवटा धार्मिक सम्पदा पत्ता लागेका हुन्।

मुक्तिनाथ मन्दिरदेखि माथि अग्लो पर्वतीय स्थानमा विष्णु भगवान्सँग जोडिएका तीनवटा धार्मिक सम्पदा पत्ता लागेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। उनले मुक्तिनाथ मन्दिर माथिको पर्वतीय स्थानमा विष्णु चुल्हो, नागराज पर्वत र गरुड पर्वत आकृति देख्न सकिने बताए।

मुस्ताङका प्रजिअ भुसालसहित प्रशासन कार्यालयका खरदार प्रकाश पौडेल, पूर्वाधार विकास कार्यालय मुस्ताङका इन्जिनियर जगदीशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीलगायत ११ जनाको टोली शनिबार सो स्थानमा पुगेको थियो।

मुक्तिनाथ क्षेत्रको थप धार्मिक पर्यटन विकास गर्ने उद्देश्य लिएर प्रजिअ भुसालसहितको टोली त्यहाँ पुगेको थियो। टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले बताए। भगवान् विष्णुको बासस्थान रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ मन्दिर रहेको स्थानदेखि दक्षिण केही माथि ‘विष्णु चुल्हो’ अवस्थित रहेको प्रजिअ भुसालले जानकारी दिए। समुद्री सतहको झन्डै ४ हजार एक सय मिटरको मुक्तिक्षेत्र पर्वतमा ‘विष्णु चुल्हो’ फेला परेको प्रजिअ भुसालको भनाइ छ। थोरङ्पास क्षेत्रतर्फको पर्वतमालामा अवस्थित विष्णु चुल्हो धार्मिक महत्वको पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न सकिने सम्भावना रहेको प्रजिअ भुसालले सुनाए।

पौराणिक कालमा मुक्तिनाथ मन्दिर माथिको अग्लो पर्वतीय स्थानमा विष्णु चुल्होमा आगो फुकेको आकृतिको ठूलो ढुंगा अवस्थित छ। यसका अलावा त्यस स्थानमा अरू दर्जनौं ससाना पत्थररूपी विष्णु चुल्हो आकृतिका प्रसस्तै ढुंगाहरू देख्न सकिने प्रजिअ भुसालले जनाए। विष्णु चुल्हो भएको स्थानमा पकाउने भाँडाकुडा, पकाउने ठाउँलगायतको ढुंगाको आकृतिहरू देख्न सकिन्छ। त्यहाँ अवस्थित विष्णु चुल्होलाई मन्दिर निर्माण गरी त्यहाँ भित्र राखिएको छ। त्यहाँ अवस्थित विष्णु चुल्हो मन्दिरमा एक जना साधु बस्ने गरेको प्रजिअ भुसालले बताए। उनका अनुसार त्यहाँ बस्ने साँधु बाबाले निरन्तर विष्णु चुल्होमा पूजाअर्चना गर्ने गरेको प्रजिअ भुसालले उल्लेख गरे।

पौराणिक कालमा मुक्तिनाथ क्षेत्रको पर्वतीय स्थानमा अवस्थित विष्णु चुल्हो रहेको ठाउँमा भगवान विष्णुले तपस्या गर्ने गर्थे भन्ने भनाइ छ। विष्णु भगवान् तपस्या गर्दा ब्रम्हाजीले खिर पकाएर विष्णु भगवान् र अरू देवताहरूलाई खुवाएको धार्मिक जनविश्वास छ।

ब्रम्हाजीले विष्णुलाई खिर खुवाएर भोजन गराएको स्थान विष्णु चुल्होभन्दा तल मुक्तिनाथ परिसरको ज्वालामाई भएको स्थानमा रहेको बताइन्छ। ब्रम्हाजीले विष्णु भगवान र अरू देवताले खिर भोजन गराउँदा खीर भुइँमा पोखिन पुगेकाले ज्वालामाई रहेको स्थानको माटो सुग्दा त्यसको वासना खीर जस्तै आउने गरेको जनाइएको छ। मुक्तिनाथ मन्दिरदेखि आधा घण्टाको पैदलयात्रामा विष्णु चुल्हो भएको स्थानमा पुग्न सकिन्छ।

यसैगरी मुक्तिनाथ माथिको अग्लो पर्वतीय स्थानमा अवस्थित विष्णु चुल्होबाट केही माथि नागराज पर्वत छ। पर्वतलाई गौण रूपमा नियालेर अवलोकन गर्दा भगवान् विष्णुको शीरमाथि अष्ठनागले ढाकेको जस्तै पर्वत आकृति देख्न सकिन्छ। ठीक मुक्तिनाथ मन्दिर रहेको स्थानदेखि सीधामाथि समुद्री सतहको करिब ४ हजार ५ सय मिटरको उचाइमा यस प्रकारको आकृति अवलोकन गर्न सकिने पूर्वाधार विकास कार्यालय मुस्ताङका इन्जिनियर जगदीशचन्द्र जोशीले जानकारी दिए। 

भगवान् विष्णुलाई पापको सागरबाट दुनियालाई मूक्त गर्न सक्ने प्रतिकको रूपमा लिन सकिन्छ। शेषनाग पनि भगवान विष्णुको प्रतिक अवतारसँग जोडिएको छ। यही कारण मुक्तिनाथ पर्वतमालामा भगवान विष्णुको शीरलाई नागले छाता ओढाएको जस्तै आकृति त्यहाँ हेर्दा देखिने इन्जिनियर जोशीले उल्लेख गरे। विशाल सर्पको एउटै शेषनागमा विष्णु भगवान्ले बिराजमान गरेको जस्तो पर्वत पर्यटकका लागि आकषर्णको केन्द्र बन्न सक्ने उनले जनाए। मुक्तिनाथ क्षेत्रको अग्लो पर्वतमा धार्मिक पर्यटकीय गन्तव्यको खोजी गर्ने क्रममा नागराज पर्वतमा विष्णुको पोस्टर र घण्टी लगेर झुन्ड्याइएको छ। त्यहाँको घण्टी हावा चल्दा आफैं बज्न थाल्छ । 

मुक्तिनाथ मन्दिर माथिकै अग्लो पर्वतमा भगवान् विष्णुको वाहन गरुड आकृतिको पहाड देख्न सकिन्छ। जहाँबाट मेसोकोन्दो पहाडका साथै मुस्ताङको कागबेनीलगायतका डाँडाकाँडा निकै आकर्षक देखिन्छन् । मुक्तिनाथ मन्दिर धार्मिक पर्यटनका हिसाबले प्रसिद्ध रहे पनि त्यस क्षेत्रको थप धार्मिक पर्यटन विकास गर्न मुक्तिनाथ विकास समितिले समेत पहल गर्ने प्रजिअ विष्णुप्रसाद भुसालले जानकारी दिए। भगवान् विष्णुसँग सम्बन्धित तीन धार्मिक सम्पदालाई जोड्ने गरी करिब ४ किलोमिटर दूरीमा पदमार्ग निर्माण गर्नुपर्ने प्रजिअ भुसालको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.