टेस्ट क्रिकेटबाट सन्न्यास लिने विराट कोहलीको संकेत
काठमाडौं : भारतीय पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने संकेत गरेका छन्। केही दिनअघि अगाडि मात्रै रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए।
त्यसयता विराटले पनि सन्न्यास लिनेबारेमा मनस्थिति बनाइरहेको रिपोर्टहरू सार्वजनिक भएका थिए। विराटले आफूले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिन चाहेको बारेमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई जानकारी गराएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। तर यसबारे विराट आफैँले भने अहिलेसम्म आधिकारिक कुनै पनि प्रतिक्रिया दिएका छैनन्।
भारतले इंग्ल्यान्डसँगको महत्त्वपूर्ण टेस्ट शृङ्खला खेल्दैछ। त्यस अगाडि नै विराटले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिन चाहेको इन्डियन एक्सप्रेसले लेखेको छ। उनले टेस्ट क्रिकेटबाट सन्न्यास लिने मनस्थिति बनाइसकेको र बोर्डलाई जानकारी दिइसकेको बताइएको छ। तर बोर्डले भने विराटलाई पुनर्विचार गर्न आग्रह गरेको जनाइएको छ।
विराट कोहलीले सन् २०११ मा भारतका लागि टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। हालसम्म उनले १२३ खेल खेलिसकेका छन्। जसमा १२३० रन बनाएका छन्।
यसअघि नै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। गत जुनमा विश्वकप जिते पश्चात् कप्तान रोहित शर्मा र विराट कोहलीले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।
प्रतिक्रिया दिनुहोस !