विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट सन्न्यास

विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट सन्न्यास
सुन्नुहोस्

काठमाडौं : भारतीय पूर्वकप्तान विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले क्रिकेटको सबैभन्दा लामो फम्र्याटबाट सन्न्यासको घोषणा गरेका हुन्। 

रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएको केही दिनमा नै विराटले पनि सन्न्यासको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो सन्न्यासबारे जानकारी दिए। 

सन् २०११ मा टेष्ट क्रिकेटमा डेब्यु गरेका उनले यो फम्र्याटले आफूलाई क्रिकेटमा धेरै कुरा सिकाएको बताए।  उनी लेख्छन्,‘१४ वर्षअगाडि मैले टेष्ट क्रिकेटमा डेब्यु गरेको थिएँ। मलाई यो फम्र्याटले धेरै अर्थमा परीक्षण, आकार दिने र पाठ सिकाउने काम रहेको छ, जुन मैले जिन्दगीभर लिएर अगाडि बढ्नेछु।’ 

उनले सेतो जर्सीमा टेष्ट खेल्नु निकै फरक अनुभव रहेको बताए। ‘सेतो जर्सी, लामो फम्र्याट, सानो सानो समस्याहरु जुन सधैँ यादगार रहनेछ।’

‘म यो फम्र्याटबाट टाढा जाँदैछु। यो मेरो लागि सहज थिएन। तर यो सही समय हो, मैले मेरो सबै थोक दिएँ। तर यसले मलाई मैले सोचेको भन्दा धेरै बढी दियो,’ विराटले निकै भावुक पोष्ट सेयर गर्दै लेखेका छन्। 

यो फम्र्याटबाट धेरै माया र सम्मान लिएर बिदा भइरहेको विराटले लेखेका छन्। ‘मैले यो फम्र्याटबाट धेरै माया र सम्मान लिएर बिदा हुँदै छु। खेल, मानिसहरु मैदान र यस क्षेत्रमा जोडिएका हरेक व्याक्तिले मलाई यति लामो समयसम्म साथ दिनु भयो। म यसलाई एक मुस्कानका साथ मिठो सम्झनाको रुपमा सम्झने छु।’ 

विराटले २०११मा वेष्ट इन्डिजविरुद्ध टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए। त्यसयता विराटले १२३ वटा खेल खेल्दै ९ हजार २३० रन बनाएका छन्। जसमा ३० वटा शतक र ३१ वटा अर्धशतक सामेल छन्। 

कोहलीले भारतलाई ६८ वटा टेष्ट खेलमा कप्तानी गरेका छन्। जसमा ४० खेल भारतले जितेको छ। यसअर्थमा उनी टेष्ट क्रिकेटमा सर्वाधिक सफल कप्तान हुन्। 

उनी पुरुष क्रिकेटमा टेष्ट क्रिकेटमा सर्वाधिक सफलको चौथो स्थानमा रहेका छन्। उनी ग्रेमी स्मिथ(५३ जित), रिक्की पोन्टिङ(४८ जित)र स्टिभ वाउ(४१ जित) पछि रहेका छन्। 

उनले टेष्ट क्रिकेटमा बनाएको ३० शतकले भारतीय क्रिकेटमा एक सफल ब्याटरको रुपमा चिनाउँछ। उनी सचिन तेन्दुलकर(५१ शतक), राहुल द्रविड(३६ शतक) र सुनिल गाभास्कर(३४ शतक) पश्चात विराटको नाम रहेको छ। कोहलीले टेष्टमा ७ पटक दोहोरो शतक बनाएका छन्। हालसम्म उनी यस रेकर्डमा अन्य भारतीय ब्याटर भन्दा अगाडि छन्।

उनले गत जुनमा टी-२० फम्र्याटमा विश्वकप जित्दै टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.