election background

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल आइडल सिजन ६ : उत्कृष्ट १६ प्रतिस्पर्धीको लाग्यो टुंगो

नेपाल आइडल सिजन ६ : उत्कृष्ट १६ प्रतिस्पर्धीको लाग्यो टुंगो

काठमाडौं : नेपाल आइडल सिजन ६ मा उत्कृष्ट १६ प्रतिस्पर्धीको टुंगो लागेको छ। सुरुवाती चरणदेखि विभिन्न राउण्ड पार गर्दै उनीहरू अन्तिम प्रतिस्पर्धासम्म आइपुगेका हुन्। 

अर्को हप्तादेखि गाला राउण्ड सुरु हुने आयोजकले जनाएको छ। १६ जनाबाट उत्कृष्ट ८ प्रतिस्पर्धी छानिने आयोजकले जनाएको छ। त्यसपछि ८ जना बटममा पर्दै भोट माग्नेछन्। भोटिङको आधारमा हरेक हप्ता टप १० सम्म २/२ जनाले र टप १० पछि १/१ जनाले नेपाल आइडलको मञ्च छोड्नेछन । 

 
जज अडिसनबाट गोल्डेन माइक पाएका थिए । गोल्डेन माइक पाउनेमा सिक्किमका मिलन विश्वकर्मा, चितवनका दर्शना गान्धारी र बुटवलका आभाष काफ्ले रहेका थिए। अब आभाष काफ्लेले आफ्नो प्रस्तुतिको हिसाबमा प्रि गाला राउन्डबाट नेपाल आइडलको मञ्च छोडिसकेका छन्। यससँगै अब बाँकी गोल्डेन माइक दुई जनासहित १६ जना रहेका छन्। 

यस सिजन अघिल्ला सिजनभन्दा फरक र विशेष बनाइएको छ। यसपटकको सिजनमा प्रतियोगीहरूले जज राउण्डदेखि नै ब्याकअप ब्यान्डको साथ प्रस्तुति दिएका छन्। जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग पुगेको छ। नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिएको छ। यसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गरिरहेको छ। 

जज राउण्ड बाट अर्को थिएटर राउन्डमा ७८ जना छनोट भए। थिएटरबाट अर्को प्रि गाला राउण्डका लागि गोल्डेन माइकसहित २३ जना छानिएका थिए। त्यस्तै प्रि गालाबाट गाला राउण्डका लागि आफ्नो प्रतिस्पर्धाका आधारमा जजहरूले २३ जनाबाट ७ जनालाई आउट गर्दै टप १६ प्रतिस्पर्धी छानिएका थिए।  यस सिजनमा सुरुदेखि नै सबै प्रतिस्पर्धी उत्कृष्ट भएकाले जजहरुलाई पनि यसबाट अझै उत्कृष्ट छान्न हम्मे हम्मे नै पर्‍यो।

नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्त्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। यसले नेपाली दर्शकमाझ अझ गहिरो प्रभाव पार्ने विश्वास लिइएको छ। सिजन ६ को निर्देशकका रूपमा सुरेश पौडेल र एलेन श्रेष्ठ रहेका छन्। निर्णायक मण्डलमा सुरुवाती तीन सिजन तथा पाँचौं सिजनका निर्णायकहरू न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका छन् भने कार्यक्रम प्रस्तोता आसिफ शाह रहेका छन्।

हालसम्म नेपाल आइडलका पाँच विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार रहेका छन्। सिजन ६ ले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।

नेपाल आइडलको सिजन ६ को टाइटल स्पोन्सरका रूपमा कोकाकोला रहेको छ भने एक्सकुसिभ भोटिङ पार्टनरका रुपमा इसेवा र अन्तर्राष्ट्रिय भोटिङ पार्टनरको रूपमा मो:मो एप रहेको छ। नेपाल आइडलको एपिसड हरेक शुक्रबार र शनिबार गरी दुई दिन एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको छ। टेलिभिजनमा ८:३० बजे प्रसारण भइरहेको छ भने नेपाल आइडलको युट्युब च्यानलमा ९:१५ मा प्रसारण भइरहेको छ ।

यी हुन् १६ प्रतिस्पर्धीहरू

मिलन विश्वकर्मा - सिक्किम - गोल्डेन माइक 
दर्शना गान्धारी-  चितवन गोल्डेन -  गोल्डेन माइक 
बबिता थापा मगर - सिक्किम 
म्रिनल मानन्धर -  काठमाडौँ
पिटु गहतराज - बारा
गङ्गा सोनम - सिन्धुपाल्चोक 
सुस्मिता एर्गेट - सिलिगुरी 
आशा राई - पोखरा 
महेश्वर भट्टराई (उज्ज्वल)- काठमाडौँ 
जितेन्द्र गुरुङ (जिदान) - गोरखा 
निरज विश्वकर्मा - डोटी
राज सायमी - चितवन 
नितेन मोक्तान - इटहरी 
रिजन थापा - इटहरी 
अभिनय खाती - दार्जिलिङ 
प्रसन्न धमला - ललितपुर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.