election background

प्रतिनिधि सभा निर्वाचन २०८२

जहाँ जाँऊ लागिरहन्छ माया देशको...

जहाँ जाँऊ लागिरहन्छ माया देशको...

काठमाडौं : “मेरो बाउ बाजे नेपाल आउन नपाई संसार त्याग्नु भयो। सात पुस्तापछि पहिलो पटक नेपाल आएकी हुँ। म आफूलाई निकै भाग्य मानि ठानेकी छु।” म्यानमारबाट अस्मिता न्यौपाने नेपालमा पहिलो पटक आइपुगेको अनुभव सुनाउदै भावुक भइन्। आफ्नो पुस्तौनी मुलुकप्रतिको माया उनको हृदयमा भरिएको भाव झल्किन्थ्यो।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष उनले नेपाल आउनुको खुशी त सुनाइन्  नै, साथसाथै उनले गीत समेत गाएर नेपालीपन झल्काइन्। उनको सपना सायद नेपाल टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ नभएको भए सम्भव हुने थिएन। मेरो भ्वाइस युनिभर्सकी सहभागी न्यौपाने जस्ता थुप्रै विभिन्न देशमा बसोबास गर्दै आएका युवा प्रतिभाहरुले सञ्चार मन्त्री गुरुङसमक्ष आफ्ना भावना साटासाट गरे।

उनीहरुले सामूहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषा भेषको, जहाँ जाँऊ लागिरहन्छ माया देशको...’ बोलको गीत समेत गाएर सुनाए। मन्त्री गुरुङका अनुसार नेपालमा सुगौली सन्धिपछि, विश्व युद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरि तीन तरिकाले नेपाली विभिन्न देशमा छरिएर रहेका छन्।  विभिन्न कारण स्वरुप नेपाली जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैली मार्फत नेपाललाई विश्वमा चिनाउन सकिने मन्त्री गुरुङले बताए।

उनले खास गरि कला संस्कृति नै मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्दत गर्ने हुँदा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ जस्ता रियालिटी शोले ठूलो सहयोग गरेकोमा आभार व्यक्त गरे।

अमेरिकास्थित भुटानी नेपालीहरूको सेवामुलक सामाजिक संस्था इन्ट्रा फाउन्डेसनद्धारा उत्पादित गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ तीन वर्षअघि शुरु भएको हो। हाल यी दुबै रियालिटी शोका सिजन–२ नेपाल टेलिभिजनमार्फत प्रशारण भइरहेको छ।

फाउन्डेशनका कार्यकारी निर्देशक चुडामणि भट्टराईका अनुसार संसारभर छरिएका नेपाली मूलका नागरिकलाई गायन र नृत्य कलामार्फत एउटै मालामा गाँसेर नेपाली साँस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ। दुबै शोमा विभिन्न ६० मुलुकबाट सहभागिता भई हाल १६ देश प्रतिभा उत्कृष्ट १८ को सुचीमा प्रवेश गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.