इजरायलका सहरमा मिसाइल प्रहार, १००० शय्याको अस्पताल ध्वस्त


काठमाडौं : इरान र इजरायलबीचको युद्ध तीव्र हुँदै गइरहेको छ। इजरायलको आक्रमणपछि इरानले आफ्नो प्रतिशोधलाई अझ उग्र बनाएको छ। 

आज इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ। इरानले इजरायलको एउटा ठुलो अस्पताललाई पनि सिधै निशाना बनाएको छ।

इजरायलमा ठुलो क्षति 

इरानको आक्रमणपछि इजरायलले ठुलो क्षति बेहोरेको छ। इरानले इजरायलको दक्षिणमा रहेको सोरोका मेडिकल सेन्टरमा आक्रमण गरेको छ। जुन इजरायलको दक्षिणमा रहेको ठुलो अस्पताल हो।

उपचारका लागि नआउन आग्रह

बियर शेबास्थित सोरोका मेडिकल सेन्टरका प्रवक्ताले अस्पतालका विभिन्न क्षेत्रमा पर्याप्त क्षति भएको र आक्रमणमा मानिसहरू घाइते भएको बताए। अस्पतालले मानिसलाई उपचारका लागि नआउन आग्रह गरेको छ।

अस्पतालको वेबसाइटका अनुसार अस्पतालमा एक हजारभन्दा बढी शय्या छन्। यसले इजरायलको दक्षिणका करिब १० लाख बासिन्दालाई सेवा दिन्छ।

अपार्टमेन्टमा पनि आक्रमण  

आक्रमण पछिको विस्तृत जानकारी जारी गरिएको छैन। यद्यपि, अग्नि नियन्त्रकले मेडिकल भवन र केही अपार्टमेन्ट भवनमा आक्रमण गरिएको बताए। कोही घाइते भए वा भएनन् भन्ने बारे तत्काल कुनै जानकारी छैन।

इजरायलले इरानको अराक हेभी वाटर रियाक्टरमा आक्रमण गर्दा यो प्रत्याक्रमण भएको इरानी सरकारी टेलिभिजनले बिहीबार जनाएको छ। इजरायलले बिहीबार बिहानै आक्रमण गर्ने चेतावनी दिएको थियो र मानिसहरूलाई भाग्न भनिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.