election background

प्रतिनिधि सभा निर्वाचन २०८२

किम्फमा 'सिजाङ पानोरामा' प्रदर्शन गरेकोप्रति तिब्बतका फिल्म मेकहरूको आपत्ति

किम्फमा 'सिजाङ पानोरामा' प्रदर्शन गरेकोप्रति तिब्बतका फिल्म मेकहरूको आपत्ति

काठमाडौं : तिब्बतका फिल्म निर्माता, कलाकार तथा सांस्कृतिक अभियन्ताहरूले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)मा 'सिजाङ पानोरामा' नामक वृत्तचित्र प्रदर्शन गरिएकोप्रति आपत्ति जनाएका छन्। चीन सरकारले बनाएको उक्त वृत्तचित्रले तिब्बतको पहिचान र संस्कृतिलाई मेटाउने प्रयास गरेको उनीहरूको तर्क छ। त्यस्ता विषयवस्तु समेटिएको वृत्तिचत्र प्रदर्शन गर्नुले अप्रत्यक्षरूपमा चिनियाँ सरकारको आवाजलाई किम्फले समर्थन गरेको उनीहरूको बुझाइ छ। 

'एक दशकभन्दा बढी समयदेखि हिमाली क्षेत्रका आवाजहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सशक्त माध्यमका रूपमा किम्फ स्थापित छ। तर, चीनको रणनीतिक अभियानमा ‘सम्मानित संस्थाहरूको संलग्नता’ हुनु राम्रो होइन,'  तिब्बतका ८ जना अभियन्ताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनीहरूका अनुसार 'शिजाङ' शब्द तिब्बतको वास्तविक नामलाई विस्थापित गर्न चीनले उपयोग गरिरहेको राजनीतिक उपकरण हो। जसले तिब्बती जनताको मौलिक पहिचान, भाषा, धर्म र कलालाई मेटाउने प्रयास गरिरहेको छ। सन् २००८ मा निर्मित वृत्तचित्र 'लिभिङ फियर बिहाइन्ड'का कारण निर्माता धोंडुप वाङ्चेन र गोलोग जिग्मेलाई चिनियाँ कारागारमा यातना दिइएको उनीहरूले उल्लेख गरेका छन्। उक्त वृत्तचित्रमा तिब्बती जनताको पीडा, धार्मिक स्वतन्त्रताको अभाव र चीनद्वारा गरिएका अन्यायहरूबारे देखाइएको छ।

त्यसैले उनीहरूले किम्फलाई प्रचार सामग्रीभन्दा पनि तथ्यमा आधारित कथाहरू देखाउन आग्रह गरेका छन्। चिनियाँ सरकारकै पहलमा बनाइएका त्यस्ता वृत्तचित्रले सबै कुरा ठीकमात्र देखाउने र तिब्बतका जनताका पीडा छुटो साबित हुने उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्। 'वास्तविकतामा तिब्बती जनतामाथि व्यापक दमन, भाषिक उन्मूलन र धार्मिक नियन्त्रण गरिएको छ। तर, चिनियाँ राज्यले नै बनाएको त्यस्ता फिल्महरूले यी कुरालाई झुटो सावित गर्नसक्छ,' विज्ञप्तिमा भनिएको छ। 

विज्ञप्तिमा नेपाल र तिब्बतबीचको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई पनि उजागर गरिएको छ। तिब्बती मठहरूको निर्माणमा नेपाली कलाकारहरूको योगदानदेखि, काठमाडौंका बौद्ध स्तूपाहरूमा तिब्बती आध्यात्मिक परम्पराको प्रभावसम्मका उदाहरणहरू विज्ञप्तिमा उल्लेख छन्। तिब्बतको सांस्कृतिक पहिचानलाई सुरक्षित राख्न नेपालले पनि जिम्मेवारी बहन गर्नुपर्ने उनीहरूले उल्लेख गरेका छन्। 

किम्फजस्ताो संस्थाले चिनियाँ प्रचारका चलचित्रहरूको प्रदर्शन रोक्नुपर्ने उनीहरूले माग गरेका छन्। उनीहरूले महोत्सवलाई विवादित विषयवस्तुहरूमा प्रभावित समुदायहरूसँग परामर्श गर्दै प्रामाणिक दृष्टिकोण समेट्ने परम्परामा फर्कन आग्रह पनि गरेका छन्।

विज्ञप्तिमा फिल्म निर्माता धोंडुप वाङ्चेन, गोलोग जिग्मे,  धर्मशालास्थित तिब्बत फिल्म महोत्सव संस्थापक तेन्जिङ सोनम र रितु सरिन, ड्रङ फिल्म्सका सदस्यहरू तेन्जिन त्सेतान चोक्ले, तेन्जिन काल्डेन, सोनम त्सेतेन, निर्देशक शेन्पेन खिमसार, नगावाङ चोफेल, गुगे प्रोडक्सन, त्सेरिङ ताशी ग्यालथाङ, त्सेरिङ वाङ्मो, तेन्जिन त्सेवाङ, जाम्याङ फुन्टसोक, तेन्जिन चोएडोन, तेन्जिन चोएकीले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.