election background

प्रतिनिधि सभा निर्वाचन २०८२

‘धनपुरे टोल’ आइतबारदेखि एपी वान टेलिभिजनमा प्रशारण हुने

‘धनपुरे टोल’ आइतबारदेखि एपी वान टेलिभिजनमा प्रशारण हुने

काठमाडौं : कमेडी टेलि सिरियल धनपुरे टोल आउँदो आइतबारदेखि एपी वान टेलिभिजनमा प्रशारण हुने भएको छ। आइतबार बेलुका ८ बजे एपीवान टेलिभिजन र ९ बजे ईएच डिजिटल युट्युबमा धनपुरे टोल सिरियल आउनेछ।

सिरियलका निर्देशक सुरेश थापा तथा निर्माता श्रीकृष्ण श्रेष्ठ हुन्। धनपुरे टोलको टिजर र ट्रेलर यसअघि युट्युबमा सार्वजनिक भइसकेको छ।

सिरियलमा विभिन्न जातजाती, धर्म, संस्कृति, रितिरिवाज, भेषभूषा, प्राचीन कला र सम्पदाले उत्तिकै सिङ्गारिएको छ। सिंगो देशभित्र स-साना गाउँ, टोल र परिवेश पनि समयसंगै फेरिएका छन्। हिमाल, पहाड, मधेश, चुरे अनि तराई भित्र आ आफ्नो मौलिकता बोकेका पात्र, प्रवृति र चेतनाले भरिएको समाज छ। यसै समाजको एउटा परिचयको रुपमा एउटा टोलको कल्पना गरिएको छ। जहाँ फरक सोचका पात्रहरु छन्, फरक फरक पेशा अंगालेका छन् तर एउतै टोलमा बस्छन। कहिले मिल्छन, कहिले रुवाउँछन, कहिले झगडा गर्छन्, कहिले हसाउँछन। यस्तै यस्तै परिदृश्यमा कथावस्तु केन्द्रित रहेको निर्माताको दाबी छ। धन भएका पनि धन नभएका पनि धनपुरे टोलमा मा अटाएका छन्। 

दर्शकलाई पूर्ण मनोरञ्जन दिनका लागि टेलिभिजन र डिजिटल पर्दामा अहिले सर्वाधिक रुचाइएका कलाकारहरुलाई धनपुरे टोलमा स्वागत गरिएको छ। खारिएका निर्देशकले यो सिरियलको कमाण्ड सम्हालेका छन् भने भरपुर मनोरन्जनको ग्यारेन्टी निर्माण पक्षको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.