घुम्ने होइन त, मुस्ताङको हिउँचितुवा गुफा ?

घुम्ने होइन त, मुस्ताङको हिउँचितुवा गुफा ?

मुस्ताङको ठिनी गाउँ माथिको उच्च लेकमा दुर्लभ तथा लोपोन्मुख हिउँचितुवा लगायतका वन्यजन्तुहरूको बासस्थान रहेको क्षेत्र हो। हिउँचितुवाको अध्ययन अनुसन्धानकर्ताहरूका लागि यहाँको गुफालाई हिउँचितुवा गुफा घोषित गरिएको हो।

जोमसोम : गण्डकी प्रदेश सरकारद्वारा सूचीकृत मुस्ताङका १० वटा पर्यटकीय स्थलमध्ये मुस्ताङको घरपझोङ—५ ठिनी गाउँनजिकै रहेको अद्वितीय हिउँचितुवा गुफा पनि एक हो । यहाँको दुर्लभ हिउँचितुवा गुफाको संरक्षण, संवद्र्धन र प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारअन्तर्गत पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले विभिन्न भौतिक संरचना निर्माण सम्पन्न गरेको जनाएको छ ।

पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक स्वीकृत कार्यक्रममा विनियोजित बजेट २० लाखबाट यहाँको हिउँचितुवा गुफा संरक्षण तथा हिउँचितुवा गुफा जाने पदमार्गलगायत संरचनाहरू निर्माण गरेको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेम पौडेलले जानकारी दिए ।

कार्यालयले यहाँको ठिनी हिउँचितुवा गुफा जाने बाटोको प्रवेशद्वारदेखि गुफासम्मको करिब तीन सय मिटर उकालो दूरीमा रेलिङसहितको सिँढी बाटो निर्माण गरेको छ । यसैगरी हिउँचितुवा गुफा संरक्षणका लागि गुफा नजिकको भिरालो सतहमा तारजाली (ग्याबिन) वाल लगाएर प्रोटेक्सन गरिएको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे ।

ठिनी गाउँ नजिकैको भिरालो पाखोमा अवस्थित हिउँचितुवा गुफाको संरक्षण तथा गुफा जाने पदमार्ग निर्माणलगायतका काम स्थानीय उपभोक्ता समितिमार्फत सम्पन्न गरिएको कार्यालय प्रमुख पौडेलले बताए । यसका अतिरिक्त पर्यटन तथा उद्योग कार्यालयले ठिनी गाउँको हिउँचितुवा गुफालाई पर्यटक गन्तव्यको पहिचान झल्किने गरी पर्यटक आकर्षित गर्न हिउँचितुवा प्रवेशद्वारमा हिउँचितुवाको एक थान माउ र बच्चाको मूर्ति निर्माण गरी स्थापना गरिएको कार्यालय प्रमुख पौडेलले जनाए । हिउँचितुवाको मूर्ति बारागुङ—४ तिरीका स्थानीय कालिगढ कुंगा गुरुङले निर्माण गरेको कार्यालय प्रमुख पौडेलको भनाइ छ ।

समुद्री सतहको २ हजार ९ सय मिटरको अग्लो भिरालो सतहमा अवस्थित ठिनी गाउँ नजिकैको हिउँचितुवा गुफालाई स्थानीय थकाली भाषामा ‘थेक्कुम’ भन्ने गरिन्छ । यहाँको हिउँचितुवा गुफामा प्रसिद्ध भिक्षु उर्गेन पाल्साङले ध्यान साधना गरेको स्थानको रूपमा समेत लिने गरिएको छ । यसैका कारण अझै पनि हिउँचितुवा गुफाभित्र ध्यान कोठा विद्यमान छ । यहाँ हिउँचितुवा गुफाको लागि बाटो बनाउने क्रममा अन्य दुई गुफा पनि फेला परेको थियो । यहाँ तीन वटा हिउँचितुवा गुफा रहेको छ ।null

मुस्ताङको ठिनी गाउँ माथिको उच्च लेकमा दुर्लभ तथा लोपोन्मुख हिउँचितुवा लगायतका वन्यजन्तुहरूको बासस्थान रहेको क्षेत्र हो । हिउँचितुवाको अध्ययन अनुसन्धानकर्ताहरूका लागि यहाँको गुफालाई हिउँचितुवा गुफा घोषित गरिएको हो ।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि पूर्व करिब दुई किलोमिटर टाढा पर्ने पर्यटकीय तथा धार्मिकस्थल ढुम्बाताल,कुछप तेरङ्गा गुम्बा र घरपझोङ किल्ला जाने रिङरोड सडक बाटोमा पर्ने ठिनी हिउँचितुवा गुफा गन्तव्यको पर्यटन प्रवद्र्धन गर्न र यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउन पर्यटकीय पूर्वाधार निर्माण भएको जनमुक्ति युवा क्लबका पूर्वअध्यक्ष सञ्जय थकालीले जानकारी दिए । गुफाभित्र ढुंगामा कुदिएका तिब्बतीय अभिलेखहरू रहेको उनले जनाए । गुफामा सदियौं वर्षपहिले भिक्षुले ध्यान गरेको र त्यसैका कारण यहाँ लुङ्ता (ध्वजा)हरू राख्ने गरिएको छ ।

मुस्ताङको ठिनी गाउँ नजिकैको हिउँचितुवा गुफा रहेको स्थानबाट मुस्ताङको कालीगण्डकी करिडोर, जोमसोम, स्याङ, मार्फा, ढुम्बाताल, ठिनी गाउँ, धौलागिरी नीलगिरि हिमाललगायत आसपासका पहाड र खेतीयोग्य भू—भाग निकै मनमोहक देखिन्छन् ।

गण्डकी प्रदेश सरकारअन्तर्गत पर्यटन तथा उद्योग कार्यालयले चालु आर्थिक वर्ष मुस्ताङका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि ११ वटा योजना कार्यान्वयनमा आएको बताइएको छ । यहाँ कार्यालयबाट पर्यटकीय पदमार्ग, क्याम्पिङ साइड प्रोटेक्सन, ध्यानकेन्द्र निर्माण, पद्यसम्भव मूर्ति स्थापना तथा पूर्वाधार निर्माण, साइक्लिङ पदमार्ग, गुम्बा मर्मत, झोङ गुफा प्रांगण मर्मतसुधार, हिउँचितुवा पदमार्ग र धार्मिकस्थलका माने छोर्तेन निर्माणलगायतका कार्य भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.