election background

प्रतिनिधि सभा निर्वाचन २०८२

भोजपुरमा श्रीमतीसहित चार जनाको सामूहिक हत्या, हत्यारा पनि गम्भीर घाइते


भोजपुर : भोजपुरमा एक युवकले आफ्नै श्रीमतीसहित चार जनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका छन् । रामप्रसादराई गाउँपालिका –२, धोद्लेखानीस्थित ससुराली गएका २७ वर्षीय राजेन्द्र राईले श्रीमतीसहित चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजेन्द्रकी १६ वर्षीया पत्नी मनिषा गिरी, उनका ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या भएको हो। आरोपित राजेन्द्र आफैँ गम्भीर घाइते छन् । राजेन्द्रको पेटमा गहिरो चोट लागेको र भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर दिपक श्रेष्ठले जानकारी दिए ।

सासूले नै पहिला छुरीले आक्रमण गरेको आरोपितको बयान

भोजपुर नगरपालिका २, हेलौँछाका आरोपित राजेन्द्रले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयान अनुसार शनिबार राति सुतिरहेका बेला सासूले पहिले उनीमाथि छुरीले आक्रमण गरेकी थिइन् ।

हातमा छुरी देखेपछि त्यहि छुरी खोसेर चारै जनामाथि प्रहार गरेको बयानका क्रममा प्राप्त भएको प्रहरी जनाएको छ । घटनापछि राजेन्द्र आफैँले प्रहरीलाई फोन गरेर हत्या स्वीकार गर्दै ‘मैले चार जनालाई छुरी हानेको छु, सायद मरिसके होलान्’ प्रहरीमा खबर गरेको ईन्सपेक्टर श्रेष्ठले बताए ।

तनाव उत्पन्नका कारण : प्रेम सम्बन्ध र दोस्रो विवाह
प्रहरीका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो विवाह गरेको खुलेको छ । पहिलो पत्नीले छाडेपछि केही महिनाअघि मात्रै उनले १६ वर्षीया मनिषालाई भगाएर ल्याएका थिए । तर उमेर नपुगेको भन्दै मनिषाका परिवारले उनीहरूलाई स्वीकार नगरेको प्रहरीको भनाई छ ।

मनिषा एक महिनादेखि माइतमै बस्दै आएकी थिइन् । राजेन्द्र ४–५ दिनअघि मात्र उनलाई लिन ससुराली गएका थिए । तर सासू ससुराले छोरी दिन नमानेपछि तनाव बढेको प्रहरीको भनाइ छ ।

प्रहरी अनुसन्धान जारी
इन्स्पेक्टर श्रेष्ठका अनुसार घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ । पोस्टमार्टमको लागि मृतक सबैको शव जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको उनले बताए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने घाइते आरोपित राजेन्द्रको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.