महिला खेलाडी स्वदेश फिर्ता
काठमाडौं : एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला टोली सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए ।
एएफसी एसियन कप छनोटको अन्तिम खेलमा उज्बेकिस्तानसंग पराजित भएपछि एसियन कपमा छनोट हुने नेपालको मौका गुमेको थियो ।
स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले एएफसी एसियन कप छनोट पार गर्न असफल भएपनि धेरै कुराहरु सिक्ने मौका पाएको बताए । माथिल्लो टिमसँग खेल्न पाउदा थप अनुभव हासिल भएको उनको भनाइ छ ।
उनले उज्बेकिस्तानसंगको निर्णायक खेलमा पनि २ गोलले पछाडि हुँदा पनि बेन्चको सपोर्टका कारण गोल फर्काउन सफल भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस !