election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मिर्गौला प्रत्यारोपणका लागि ५० लाख नपाउँदा तेलुगु अभिनेता फिश वेंकटको निधन

मिर्गौला प्रत्यारोपणका लागि ५० लाख नपाउँदा तेलुगु अभिनेता फिश वेंकटको निधन

काठमाडौं : तेलुगु मनोरञ्जन उद्योगबाट एउटा अत्यन्तै दुखद खबर आएको छ। प्रसिद्ध हास्य कलाकार तथा अभिनेता फिश वेंकटको निधन भएको छ। उनले जुलाई १८ मा ५३ वर्षको उमेरमा अन्तिम सास फेरे। 

अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए। फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन्।   

फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए। उनको डायलाइसिस भइरहेको थियो। अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो। 

यस्तै फिश वेंकट आर्थिक संकटको सामना गरिरहेका थिए। उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका लागि आर्थिक सहयोग गरे।  उपचारको क्रममा उनले मिर्गौला दाता भेट्टाउन सकेनन्। हैदराबादको पीआरके अस्पतालमा मिर्गौला फेल भएका कारण उनको मृत्यु भयो।   

अभिनेताको अवस्था कसरी बिग्रियो ?
डाक्टरहरूले उनलाई मिर्गौला प्रत्यारोपण गर्न भनेका थिए। तर उनीसँग आफ्नो उपचार गराउन पर्याप्त पैसा थिएन। अभिनेताको परिवारले उनको उपचार खर्च धान्न सकेन। पछिल्ला केही हप्तादेखि उनको स्वास्थ्य बिग्रँदै गएको थियो।   

अभिनेताको मिर्गौला प्रत्यारोपणका लागि ५० लाख रुपैयाँ आवश्यक थियो। उनकी छोरी श्रावन्तीले पनि आर्थिक सहयोगका लागि अपिल गरेकी थिइन्। यदि अभिनेताको सही समयमा उपचार भएको भए उनलाई बचाउन सकिन्थ्यो। तर दुर्भाग्यवश यो हुन सकेन।   

 कसरी पहिचान पाए ? 
फिश वेंकटको जन्म सन् १९७१ मा आन्ध्र प्रदेशको मछलीपट्टनममा भएको थियो। आफ्नो अभिनय करियरमा फिश वेंकटले १०० भन्दा बढी फिल्ममा काम गरेका थिए। उनी सहायक र हास्य भूमिकाका लागि प्रसिद्ध थिए।

२००० मा उनले फिल्म समक्का सरक्काबाट अभिनयको दुनियाँमा प्रवेश गरे। उनी प्रायः पर्दामा खलनायकको भूमिकामा देखिएका थिए। साथै, उनले केही फिल्ममा हास्य कलाकार बनेर मानिसलाई हँसाए।   

उनले ‘अधूर’,‘गब्बर सिंह’, र ‘डीजे टिल्लु’ जस्ता चलचित्रबाट आफ्नो छाप छोडे। आज उनी यो संसारमा छैनन्, तर उनले निर्वाह गरेका पात्रहरू अझै पनि प्रशंसकहरूको मनमा जीवित छन्।   

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.