election background

प्रतिनिधि सभा निर्वाचन २०८२

‘बोरा’ लाई अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार

‘बोरा’ लाई अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार
सुन्नुहोस्

उक्त पुरस्कारको राशि १ हजार अमेरिकी डलर छ

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले २०२५ का लागि अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर (१ लाख ३७ हजार ६७३ रुपैयाँ) छ । अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक भण्डारीको ‘बोरा’ ले यसअघि लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार, २०८१ पनि प्राप्त गरेको थियो ।

शनिबार जुममार्फत सम्पन्न २१२औं भानु जयन्ती समारोह एवं अनेसास वार्षिक साधारणसभामा पुरस्कारहरूको घोषणा गरिएको हो । नेपाली भाषा, साहित्य र संस्कृति प्रबद्र्धन एवं अन्तर्राष्ट्रिय प्रचार प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको अनेसासले लामो समयदेखि वार्षिक रूपमा स्वदेश तथा विदेशमा नेपाली भाषामा प्रकाशित कृतिहरू संकलन गरी पुरस्कृत गर्ने गरेको छ । यसपटक समावेशी रूपमा सिर्जनशील स्रष्टाहरूको मूल्यांकन गरिएको अनेसासले जनाएको छ । ११ विधामा उत्कृष्ट कृतिहरू सार्वजनिक गर्दै विभिन्न विधामा अनेसास साहित्य पुरस्कार घोषणा गरेको हो ।

सबैभन्दा ठूलो नगद राशि (२ हजार १ सय डलर) को ‘अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कार’ रोशन थापा ‘नीरव’ को उपन्यास ‘सन्त्रासका ६० दिन’ लाई प्रदान गर्ने घोषणा गरिएको छ । उक्त पुरस्कार अनेसास/गोपी उप्रेतीका तर्फबाट प्रदान गरिने छ ।

त्यस्तै एक हजार डलर राशिका अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार कृसु क्षेत्रीको ‘पसिनाको क्यानभास,’ अनेसास तीर्थ पाण्डेय सर्वाेत्कृष्ट निबन्ध नियात्रा संस्मरण पुरस्कार मोमिला जोशीको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’, अनेसास नन्दादेवी सर्वाेत्कृष्ट लोकसाहित्य पुरस्कार शशिराम कार्कीको ‘रुकुमका लोककथा’ लाई प्रदान गरिएको छ ।

अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथासंग्रह ‘पाश्र्वध्वनि’, अनेसास सर्वाेत्कृष्ट समालोचना, दर्शन तथा संस्कृति पुरस्कार डा. दुर्गाबहादुर घर्तीको ‘सांस्कृतिक अध्ययन’ र ‘अनेसास सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कार’ तुलसी आचार्यको उपन्यास ‘स्वप्न भूमि’ लाई प्रदान गर्ने घोषणा गरिएको छ । त्यसैगरी, पाँच सय डलरको अनेसास सर्वोत्कृष्ट गीत र गजल पुरस्कार लक्ष्मण सिटौलाको गीति संग्रह ‘धर्तीको ध्वनि’, अनेसास सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार विमला ढुंगाना निरौलाको ‘यात्रामा देश’ र अनेसास सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार जगन्नाथ पौडेलको कविता संग्रह ‘बग्दैबग्दै’ लाई दिइने भएको छ ।

अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा पुरस्कार घोषणा कार्यक्रम भएको थियो । पुरस्कार वितरण अमेरिकाको वासिङ्टन डीसीमा गरिने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.