हजुर, जब एक्कासि मृत्युको चेतना जागरूक हुन्छ,
अनन्त छ– आत्मीय यात्रा, एक विशाल पुलसरी ।
बुद्धिमान् उनै हुन्, ज–जसले
कलात्मक रूपमा जीवन बुझेर जिउन जान्दछन्,
जब जब नश्वर पीडा र मानवीय सम्बन्धहरू
मृत्युको मुठ्ठीमा लोप हुन्छन्,
दुःखहरू क्षीण हुन्छन्, एक नयाँ आनन्दले
अनन्तकालतिर स्थायी यात्रा गर्दछ ।
जब आत्माले, सत्यको यात्रामा, सार पत्ता लाउँछ,
कथाहरू खुल्दै आउँछन्, भयहरू भाग्छन्,
मृत्यु आफैं मर्छ, कुनै नश्वर पीडा बाँकी रहँदैनन्,
प्रज्ञा त सबैलाई थाहा हुन्छ,
शरीर साधन साबित हुन्छ
भाग्यको बन्धनमा परेको मान्छेले
मात्र मायाको कोमल स्पर्शमा
मृत्युलाई अँगाल्नु पर्छ,
गोधूलिको शान्त सन्ध्यालाई जसरी ।
प्रतिक्रिया दिनुहोस !