election background

प्रतिनिधि सभा निर्वाचन २०८२

समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न योगेश भट्टराईको संयोजकत्वमा समिति गठन

समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न योगेश भट्टराईको संयोजकत्वमा समिति गठन

गोदावरी : नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न समिति गठन भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति घोषणा गरेका हुन् ।

समितिको संयोजकमा अन्य सदस्यहरुमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटव्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल रहेका छन्।

समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजिविकाको चासोबारे महाधिवेशनको धारण तय गर्ने संयोजक सचिव भट्टराईले बताए । प्रस्ताव तयारीका लागि समितिको बैठक केही बेरमा बस्ने उनको भनाई छ।

 ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबार देखि महाधिवेशन जारी छ। आज महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ।  कोशी, सुदूरपश्चिम, मधेस, कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गर्नेछन्। त्यसै गरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूको छुट्टै समूह बनाइएको छ। यस्तै केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचनालाई समेटेर अर्को समूह तोकिएको छ भने केन्द्रीय निकाय आयोजकहरूलाई सुझाव दिने मात्र उद्देश्यका लागि छुट्टै समूहमा राखिएको छ। यी समूहहरूले आ-आफ्नो क्षेत्र, संगठन र जिम्मेवारीअनुसार राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनका विषयमा गहिरो छलफल गर्नेछन्।

छलफलमा आएका निष्कर्षहरू आइतबारको सत्रमा प्रस्तुत भएपछि प्रतिवेदन प्रस्तोताहरूले स्पष्टीकरण दिने र त्यसपछि महाधिवेशनको निर्णयमा रूपान्तरण गर्ने तयारी गरिएको छ। महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.