विज्ञापन प्रभुत्वको दुरुपयोग गरेको आरोपमा ईयूले गुगललाई तिरायो जरिवाना
काठमाडौं : गुगललाई युरोपेली संघ (ईयू)ले विज्ञापन क्षेत्रमा वर्चस्व दुरुपयोग गरेको आरोपमा २ अर्ब ९५ करोड युरो जरिवाना गरेको छ।
युरोपेली आयोगले गुगलले अनलाइन विज्ञापनमा आफ्नै प्लेटफर्मलाई प्राथमिकता दिई प्रतिस्पर्धीलाई कमजोर बनाएको ठहर गरेको हो। आयोगले यस्तो अभ्यास तत्काल रोक्न र जरिवाना तिर्न आदेश दिएको छ।
तर गुगलले आयोगको निर्णय गलत भन्दै अपिल गर्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो कदमलाई अन्यायपूर्ण भन्दै आपत्ति जनाएका छन्।
आयोगले भने तेस्रो पटक गुगलले नियम उल्लंघन गरेकाले जरिवानामा वृद्धि गरिएको बताएको छ। गुगललाई ६० दिनभित्र सुधारको योजना पेस गर्नुपर्ने चेतावनी पनि दिइएको छ।
प्रतिक्रिया दिनुहोस !