election background

प्रतिनिधि सभा निर्वाचन २०८२

एमाले प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, आइतबार बन्दशत्रमा प्रस्तुत हुने

एमाले प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, आइतबार बन्दशत्रमा प्रस्तुत हुने
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशन अन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनमा समूहगत छलफल भएको छ। विधान महाधिवेशनको दोस्रो दिन शनिबार राजनीतिक, सांगठनिक र विधान संशोधनका साथै विभिन्न आयोगका प्रतिवेदनमाथि समूहगत छलफल भएको हो। 

विभिन्न १० वटा समूहमा विभाजन गरी प्रतिनिधिहरूलाई आ–आफ्ना क्षेत्रमा तोकिएको प्रतिवेदनमाथि छलफल भएको एमालेले जनाएको छ। समूह छलफलका लागि प्रदेश, उपत्यका विशेष संरचना र केन्द्रीय निकायलाई आधार मान्दै १० वटा समूह तोकिएको थियो। कोशी, सुदूरपश्चिम, मधेस, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गरेका छन् भने उपत्यका विशेष प्रदेशसँगै विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूलाई अर्को समूहमा राखिएको छ। 

त्यस्तै केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालयका विभागीय संरचनालाई एक समूहमा समेटिएको छ भने आयोजकका रूपमा रहेका निकायका लागि सुझाव दिने मात्र उद्देश्यसहित छुट्टै समूह तोकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

प्रत्येक समूहले राजनीतिक, सांगठनिक, विधान र आयोगसँग सम्बन्धित प्रतिवेदनका मुख्य बुँदामाथि आ–आफ्नो दृष्टिकोण राख्ने, आवश्यक परे संशोधन सुझाव दिने र अन्ततः लिखित प्रतिवेदन तयार गरी बहस नोट कमिटीमा बुझाउने व्यवस्था गरिएको छ। ती प्रतिवेदनलाई आइतबार बन्दशत्रमा समूह नेताहरूले प्रस्तुत गर्ने गौतमले बताए। त्यसपछि आइतबार नै महाधिवेशनले अन्तिम निर्णय गर्ने कार्यसूची तय गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.