ध्वस्त भएको मुख्यालयबाट एमालेको उद्घोष - हामी फेरि उठ्ने छौं

ध्वस्त भएको मुख्यालयबाट एमालेको उद्घोष - हामी फेरि उठ्ने छौं
तस्बिर : राजकरण महतो

काठमाडौं : संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जलेको पार्टी कार्यालयको खरानीमा उभिएर नेकपा एमालेका शीर्षस्थ नेताहरूले पार्टी र देश बनाउन फेरि एमाले उठ्ने उद्घोष गरेका छन् । 

भदौ २४ गते जेनजी समूहको आन्दोलनको आडमा अराजक जत्थाले ललितपुरस्थित च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा आगो लगाउँदा ध्वस्त भएको छ।

null

कार्यक्रममा पार्टी अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा आउने भनिए पनि उनी आएनन् । जेनजी आन्दोलनपछि सरकारको नेतृत्व छाड्न दबाबमा रहेका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् ।

null

महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिइन् । कार्यक्रमको प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल थिए । कार्यक्रममा एमाले कार्यकर्ताहरूले 'संविधानको रक्षा गरौं','संवैधानिक सर्वोच्चता कायम गरौं,' 'सुशासन कायम गरौं,'शान्ति स्थापना गरौं' लगायतका नाराहरू लगाएका थिए।

null

प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले प्रगति र उन्नति गर्दै जाँदा चुनौति आइलागेको बताए । उनले भने, 'पार्टी कार्यालय जलाएर खरानी बनाइयो । देशका प्रमुख संरचनाहरू ध्वस्त पारियो । हाम्रो कार्यालय जलेपनि हाम्रो इच्छा शक्ति मरेको छैन । अब हामी फेरि उठ्नेछौं । सबै मिलेर एमाले पार्टी कार्यालयको पूर्णनिर्माण गर्छौं, उठाउँछौं र देशलाई पनि बनाउँछौं ।'

null

पार्टी महासचिव शंकर पोखरेलले जेनजी पुस्ताको आकर्षण हुने पार्टीको रुपमा एमाललेलाई विकास गरेर लैजाने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.