election background

प्रतिनिधि सभा निर्वाचन २०८२

संसद‍्मा भाषण गर्दै विश्वकै पहिलो एआई मन्त्रीले के भनिन् ?

संसद‍्मा भाषण गर्दै विश्वकै पहिलो एआई मन्त्रीले के भनिन् ?
सुन्नुहोस्

काठमाडौं : अल्बानियाले विश्वको पहिलो एआई मन्त्री नियुक्त गरेको छ। यसको नाम डिएला हो। यो अल्बानियाको राष्ट्रिय सूचना समाज एजेन्सीले माइक्रोसफ्टसँगको सहकार्यमा विकास गरेको कृत्रिम बुद्धिमत्ताको एक रूप हो।

अल्बानियाकी एआई मन्त्री डिएलाले पहिलो पटक संसद्लाई सम्बोधन गरेकी छन्। संसद्लाई सम्बोधन गर्दै उनले विपक्षीले बारम्बार आफ्नो नियुक्तिलाई असंवैधानिक भनेको बताइन्। विपक्षी दलका यी आरोपबाट आफू दुखित भएको बताइन्।   

 उनले आफू केवल मानिसहरूलाई मद्दत गर्नका लागि अस्तित्वमा आएको बताइन्। आफ्नो लक्ष्य विपक्षीहरूलाई प्रतिस्थापन गर्नु नभएको उनले बताइन्। आफू कसैको ठाउँ लिन नआएको उनले बताइन्।   

अल्बेनियाली भाषामा डिएला भनेको सूर्य हो। एआई मन्त्रीले परम्परागत अल्बेनियन् पोशाक लगाएकी छन्। उनको आवाज र अनुहार अल्बेनियन अभिनेत्री अनिला बिशाबाट प्रेरित छ। 

अल्बेनियाली प्रधानमन्त्री एडी रामाले सेप्टेम्बर १२ मा आफ्नो चौथो मन्त्रिपरिषद्मा डिएलालाई सार्वजनिक खरिद मन्त्रीमा नियुक्त गरेका थिए।  

एआई मन्त्रीले भ्रष्टाचार अन्त्य गर्न सहयोग गर्ने दाबी गरिएको छ। सरकारी टेन्डर प्रक्रियामा पारदर्शिता ल्याउन र भ्रष्टाचार हटाउन डिएलालाई नियुक्त गरिएको हो। यो नियुक्ति प्राविधिक नवप्रवर्तन र भ्रष्टाचार विरोधी छविलाई प्रवर्द्धन गर्ने रामा सरकारको रणनीतिको एक हिस्सा हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.