election background

प्रतिनिधि सभा निर्वाचन २०८२

काठमाडौं महानगरमा हाई मास्ट लाइट जडानको काम तीव्र

काठमाडौं महानगरमा हाई मास्ट लाइट जडानको काम तीव्र
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकामा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको छ। महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका हुन्। 

मेयर शाहले लेखेका छन्, 'विगत ३ वर्षदेखि विविध कारणबस रोकिएको हाम्रो पहिलो प्राथमिकतामा रहमध्येको उज्यालो महानगर योजनाअन्तर्गत  काठमाडौं महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको छ। जसअन्तर्गत हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेका छन्।'

मेयर शाहले दशैँभन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताए। उनले भने,'अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेका छन्।' 

मेयर शाहले करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको बताए। जडान सकिएपछि यसै वर्षभित्र काठमाडौं महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेको उनले बताए।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.