आमा ! म युवाको आन्दोलनमा जान्छु है
हामी एकजुट हुनुपर्छ भनेर
मैले त्यहाँ बहादुरी देखाएको थिएँ।
पहिलो दिन नै धेरै जेन–जी प्रदर्शनकारी देख्दा
आशाको किरणमा रमाएको थिएँ दिउँसै,
नेपाल आमा बचाउन खोज्दा
आफ्नै आमाको कोख रित्तिने
हो, त्यस्तो देशमा पो थिएँ म
म एक जवान सहिद !
जेन–जी आन्दोलनमा ज्यान गुमाउन विवश।
यदि मलाई थाहा थियो भने
आन्दोलनको त्यो भयावह स्वरूप
त्यो कोलाहल, ती विरोधका चर्का स्वरहरू
जेन–जीलाई रगतमा भिजाउने त्यो रणभूमि
हामीले बालेको क्रान्तिको ज्वाला निभाउन
अनि निरंकुशहरूले हिंसाको बाटो रोज्नेलाई
के थाहा ज्यान लिन्छन् भनेर ?
म, एक जवान सहिद आन्दोलनमा उपस्थित हुन्थें र ?
मैले त सामाजिक सञ्जालमा देखेको
नेताहरू आर्थिक अस्थिरतामा मुस्कुराएका
भव्य जीवनहरू हाम्रा पीडाको जगमा
भ्रष्टाचार गरिरहेका, रमाइरहेका
आमनागरिकको रोजीरोटी लुटिरहेका...!
हामी जेन–जीको आवाज बन्द गरी,
आफू राजा बनेर संसार हल्लाउनेविरुद्ध
एक जवान सहिद म आन्दोलनमा नजानु त ?
एलिजा पन्त (२०) । टोखा, काठमाडौं
प्रतिक्रिया दिनुहोस !