चित्रमात्र होइन यो, सभ्यताको चिनारी,
कण–कणमा प्रेम छ, भावले भरिएको हार।।१।।
पर्व–पूजा, अर्पण, कोहबर चित्र महान्,
प्रेम र समर्पणले जनक–जानकीको गान।
राम–सीताको संस्कार, मिथिलाको छ शान,
कागज र कपडामा रंगिएको पहिचान।।२।।
रंग–रसले भरिएको सागरको दर्पण,
माछा, मखान, फल–फूल, सुन्दर दर्शन।
चित्रकथामा झल्किन्छ आमाको अर्पण,
संरक्षण गरौं धरोहर, पाऔं विश्व–परिचय धन।।३।।
वन्दना साह (२०) । विराटनगर ५, मोरङ
प्रतिक्रिया दिनुहोस !