election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अमेरिकाका कोलम्बस र ह्यारिसवर्गमा सामूहिक देउसी भैलो, रमाए राज्य सांसद

अमेरिकाका कोलम्बस र ह्यारिसवर्गमा सामूहिक देउसी भैलो, रमाए राज्य सांसद
सुन्नुहोस्

न्यूयोर्क : तिहारका अवसरमा अमेरिकाको ओहायोको कोलम्बस र पेन्सिलभेनियाको ह्यारिसवर्गमा काग तिहारको अघिल्लो दिन सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। त्यहाँ बसोबास गर्ने नेपालीवासीहरुसँगै अमेरिकी राज्य सांसद र स्थानीय जनप्रतिनिधिसमेत देउसी भैलो कार्यक्रममा रमाएका थिए।

null

नेपाली संस्कृतिको क्षेत्रमा क्रियाशील परोपकारी संस्था इन्ट्र नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। अमेरिकामै जन्मे हुर्केका नेपाली बालबालिका, किशोर किशोरी, युवायुवती र नेपाल, भुटान एवं भारतका विभिन्न भागमा जन्मेर अमेरिकामा स्थायी बसोबास गरिरहेका नेपालीहरूले सामूहिक देउसी खेलेका थिए। 

नेपालका अवैतनिक वाणिज्यदूत डा.दामोदर पौडेलको प्रमुख आतिथ्यमा भएको कोलम्बस शहरको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले संसारका जुनसुकै कुनामा जन्मे हुर्के पनि वा जहाँ बसोबास गरे पनि नेपालीको आफ्नो संस्कृतिलाई संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। 

null

उनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता दुई ठूला रियालिटी शोहरु भर्खरै सम्पन्न गरेर फाउन्डेसनले संसारभरका नेपाली प्रतिभालाई नेपाली कला संस्कृतितर्फ अझ प्रेरित गर्ने प्रयत्न गरेको बताए। वाणिज्यदूत पौडेलले नेपाली संस्कृतिलाई पहिचानका रूपमा गर्व गर्ने वातावरण बनाउन फाउन्डेसनले संसारभर गरेको प्रयत्नको सरहाना गर्दै नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका थिए। 

null

पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजित कार्यक्रममा सो राज्यका राज्यसभासद् डेभ म्याड्सनले नेपालीको तिहार चाडको शुभकामना व्यक्त गर्दै राज्यमा बसोबास गर्ने नेपालीले गरेको व्यापार व्यवसाय एवं सामाजिक कार्यहरूले राज्यको विकासमा उल्लेखनीय योगदान दिएको बताए। 

कार्यक्रममा फाउन्डेसनका संस्कृति विभाग प्रमुख ओमराज गुरुङले भुटानबाट लेखेटिँदा होस् कि नेपालका शरणार्थी शिविरमा बस्दाको कठिन अवस्थामा होस् वा अमेरिकामा पुनर्स्थापित भई सहज जीवनयापन गर्दा होस् आफूहरूले नेपाली संस्कृतिलाई जीवनको अभिन्न अंग बनाउँदै आएको बताए। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.