विपिन जोशीको शव यात्रा
काठमाडौं : हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको शव यात्रा भएको छ। इजराइलबाट फ्लाइ दुबईको विमानबाट विपिनको शव सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै धनगढी लगिएको थियो।
नेपाली सेनाको स्काईट्रकले धनगढी पुर्याएको शव त्यसपछि सेनाको स्थानीय युनिटले कञ्चनपुरको भिमदत्त नगरपालिकाको घरमा लगेको थियो। त्यसपश्चात महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गर्नु अगाडि शवयात्रा गरिएको हो।
राष्ट्रिय सम्मानसहित विपीनको अन्त्येष्टि गरिनेछ।
हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो। इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको हो।
प्रतिक्रिया दिनुहोस !